default_image

2 months ago

February 20, 2025

भारतका आशुतोषलाई विदुर मेयर कप चेस उपाधि

476 views

0 Bookmark

नुवाकोट ( हाम्रो खेलकुद)- भारतका आशुतोष कुमारले प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। 

नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको‌
 प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गरेका छन्। 

बिहीवार अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहाल संग बाध्यतात्मक बराबरी खेलेका थिए । धिरेनले पुरुषोत्तम चौलागाईं माथि जित दर्ता गरे।

नुवाकोटमा ७ चरणको खेलवाट एफएम क्षितिज भण्डारीले ५.५ अंक उच्च ३० बुकोज्ल्स् प्वाइन्टका आधारमा तेस्रो भए । 

सिएम शुश्रुत दहालले अन्तिम चरणको खेलमा जित हासिल गर्न असमर्थ हुदा उपाधिबाट विमुख हुनुपर्यो । शुश्रुत ५.५ अंक बनाउदै २९.५ बुकोल्ज्स् चौथो भए। भारतका विनायक सिं यादव २५ बुकोल्ज्स् प्वाइन्ट प्राप्त गर्दै पाँचौं स्थानमा रहे । 

यस्तै नेपालका युवा पुरुषोत्तम सिलवाल, भारतका मोहित कुमार सोनि, एफएम रुपेश जैसवाल, सुशील चौधरी र बद्रीलाल नेपाली समान ५ अंक जोडेर पाँचौ देखि दशौं स्थानमा रहन सफल भएका छन्। 

स्थानीय तर्फ नुवाकोटका प्रकाश जोशीले ४ प्वाइन्ट बुकोल्ज्स् २१.५ अंक जोडेर प्रथम स्थान हासिल गरेका छन्। समान अंक चारमा सक्सेस श्रेष्ठले २०.५ बुकोल्ज्स् प्राप्त गरेका छन्। यस्तै समान ४ अंकमा शंकर प्रसाद घिमिरे तेस्रो, शिव श्रेष्ठ चौथो र सुरज लामा पाँचौ स्थानमा रहे। 

महिला तर्फ नेपाली विनिता कपाली प्रथम , सिन्दिरा जोशी दोश्रो र भारतका वैष्णवी प्रकाशले तेस्रो स्थान हासिल गरेका छन्। 

खेलमा ७४ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागी रहेको प्रतियोगितामा अनरेटेड तर्फ सुमित जोशी, नवीन वैद्य, अमित कुमार यादव क्रमशः शीर्ष तिन स्थानमा आएका छन्। 

सिनियर खेलाडी तर्फ नवीन तण्डुकार, मोहन सिं प्रधान, बसन्त श्रेष्ठ शीर्ष तिन , इलो १८ सय प्रेम खड्का, अर्मान सिद्दिकि, सुशील सुवेदी, इलो १६ सयमा विनोद तिमल्सिना, साहिद हुसेन, राजकुमार राई शीर्ष तिनमा छन्। 

युवा १८ वर्षमा महाज इकबाल, आभाष कुमार श्रेष्ठ, सात्विक मान तुलाधर शीर्ष तिन , अन्डर युवा १६ प्रखर त्रिपाठी, प्रविण केसि, शाश्वत श्रेष्ठ शीर्ष तिनमा रहन सफल भएका छन्। 
समापन नगरपालिकाका मेयर राजन श्रेष्ठले विजेता खेलाडीलाई २ लाख ३७ हजार रुपैयाँ वितरण गरेका छन्। 

May 3, 2025

गुजरातले हैदराबादलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]

May 2, 2025

राष्ट्रिय महिला हक्की – गण्डकीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]

May 2, 2025

इरानी टोली सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको‌ टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]

Success

Thank you for your time.