default_image

2 months ago

February 19, 2025

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस हुँदै

365 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर टेबलटेनिस क्लबको आयोजनामा अर्को साता सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको‌ छ।
फागुन १२ गतेदेखि हुने भएको छ

कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने प्रतियोगिताका लागि आयोजकले पूर्णशंकर श्रेष्ठका साथै दुई संस्था नेपाली घर र सांग्रिला विकास बैंककंग प्रायोजन सम्बन्धि सम्झौता पनि गर्यो ।

नेपाली भान्सा घरका अपरेसन म्यानेजर सुजन तण्डुकार, पूर्णशंकर श्रेष्ठ र ललितपुर टेबल टेनिस क्लबका उपाध्यक्ष नीरज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका । सोही अवसरमा सांग्रिला बैंकसंग पनि सम्झौता भएको थियो ।

फागुन १२ गते प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु हुनेछ । यस प्रतियोगितामा  भारतबाट ८५ पुरुष र ४८ महिलासहित नेपालका खेलाडी गरी कुल ४ सय २ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक निकेश जोशीले पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान्स सिंगल्स (५५ वर्षमाथि), यु–१६ ब्वाइज र यु–१६ गल्र्स सिंगल्स गरी कुल ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख २३ हजार रूपैयाँ रहेको छ । मेन्स/वुमेन्स टिम स्पर्धामा विजेताले ५० हजार, दोस्रोले‌ २५ हजार र तेस्रोले‌ समान १० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

मेन्स/वुमेन्स सिंगल्सको‌ विजेताले‌ ५० हजार,‌दोस्रोले २५ हजार र तेस्रोले समान १० हजार रूपैयाँ पाउने छन् । यु–१६ सिंगल्सतर्फ विजेताले, २० हजार, दोस्रोले १० हजार र तेस्रोले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
भेट्रान्सतर्फ विजेताले १० हजार,‌दोस्रोले ५ हजार र तेस्रोले‌ समान ३ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजक सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि रहेको छ । त्यस्तै इक्विपमेन्ट पार्टनरमा हीरा ट्रेड कनसर्न, क्लोथिङ पार्टनर भ्याली स्पोटर्स हाउस, इन्टरनेट पार्टनरमा ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन रहेको‌ बताइएको छ।

May 3, 2025

गुजरातले हैदराबादलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]

May 2, 2025

राष्ट्रिय महिला हक्की – गण्डकीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]

May 2, 2025

इरानी टोली सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको‌ टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]

Success

Thank you for your time.