15 hours ago
February 14, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा अमेरिकाले नामिबियामाथि सहज जित हात पारेको छ ।
शुक्रवार भएको खेलमा अमेरिकाले नामिबियामाथि ७० रनको जित हासिल गरेको हो । अमेरिकाले दिएको २ सय ६९ लक्ष्य पछ्याएको नामिबिया ४३.३ ओभरमा १ सय ९८ रनमा समेटियो ।
नामिबियाका लागि ओपनर जान ग्रिनले सर्वाधिक ६५ रन जोडे । उनले ९० बलमा ७ चौका प्रहार गरे । रुवेन ट्रम्पलम्यानले ३५ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५५ रन जोडे ।
जान निकोल लफ्टी इटनले २८, कप्तान जेर्राड एरास्मस ११ तथा मलान कु्रजर १२ रनमा आउट भए । अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र मिलान्ड कुमारले समान ३, जसदिप सिंहले २ तथा नोश्तुश केन्जिगे र हर्मित सिंहले समान १ विकेट लिए ।
त्यसअघि ओमानको मस्कटमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रनको योगफल तयार गरेको थियो ।
अमेरिकाका लागि ओपनर आन्द्रेस गौसले सर्वाधिक ८३ रन जोडेका थिए । उनले १ सय ५ बलको सामना गरेर ९ चौका प्रहार गरेका थिए । कप्तान मोनांक पटेलले ६७ बलमा ४ चौकाको सहयोगमा ५३ रन जोडेका थिए ।
सञ्जय कृष्णमुर्ती २९ बलमा ४१, आरोन जोन्सले २७ बलमा ३१ तथा जसदिप सिंह १५ रनमा आउट भए । नामिबियाका लागि बेर्नाड स्कोट्जेले १० ओभरमा २२ रन खर्चिएर ५ विकेट लिए । ज्याक ब्रेसेल्सले २ तथा जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले समान १ विकेट लिए ।
जितसँगै अमेरिका १५ खेलमा २० अंकका साथ शीर्ष स्थानमा छ । पराजित नामिबिया समान खेलमा १२ अंकका साथ छैठौं स्थानमा छ । नेपाल ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
विश्व कप लिग टु सिरिज २०२३ देखि २०२७ सम्म जारी रहनेछ । लिगमा ८ टोली सहभागी लिगको शिर्ष ४ टोली विश्व कप छनोटमा सिधै स्थान बनाउँदा ४ टोली विश्व कप छनोटका लागि प्लेअफमा स्थान बनाउँने छन् ।
February 15, 2025
एजेन्सी – पाकिस्तानका पुर्व कप्तान बाबर अजामले भारतिय पुर्व कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् । बाबरले सर्वाधिक कम इनिङमा ६ हजार रन पूरा गर्ने ब्याटरको सुचीमा शीर्ष स्थानमा रहेका छन् । बाबरले शुक्रवार न्युजिल्याण्डविरूद्धकाे त्रिकाेणात्मक सिरिजकाे फाइनल खेलमा बाबरले ६ हजार रन पूरा गरेका हुन् । उनले १ सय २३ इनिङमा […]
February 15, 2025
एजेन्सी – घरेलु टोली पाकिस्तानलाई फाइनलमा पराजित गर्दै न्युजिल्याण्डले त्रिकोणात्मक ओडिआई सिरिजको उपाधी जितेको छ । शुक्रवार भएको फाइनल खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्यो । न्युजिल्याण्ड अपराजित रुपमा सिरिजको विजेता बनेको हो । सिरिज आगामी बुधवारबाट सुरु हुने च्याम्पियन्स ट्रफीको तयारी स्वरुप आयोजित भएको थियो । सिरिजमा न्युजिल्याण्ड अपराजित रहँदा दक्षिण अफ्रिकाले भने […]
February 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेका राष्ट्रिय खेलाडी विपिनराज सिंह दर्जी लाई लिटिल एन्जल्स स्कुलका खेल प्रशिक्षक र शिक्षकहरुबाट संकलित १ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ। लिटिल एन्जल्सका प्रिन्सिपल मुकुन्दराज शर्माले रकम गरे। सोही स्कुलमा सानै देखि अध्ययन र कराते सिकेका विद्यार्थी विपिन केहि समय अगाडी पेट सम्बन्धि गम्भिर रोग पेनक्रियाटाइटिस बाट ग्रसित भई लामो समय सम्म […]