default_image

1 month ago

February 11, 2025

पहिलो दिन सदभाव, इधान्त र‌ अभानी शीर्षस्थानमा

375 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन मंगलवार १७ देखि २१ वर्ष उमेर समूहमा सदभाव आचार्य शीर्षस्थानमा रहेका छन्।

१-ओभर ६९ को स्कोरमा सदभावले प्रकृत तामाङलाई ३ स्ट्रोकले पछि पारेका छन्। रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगितामा नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले पहिलो र सातौं होलमा बर्डी प्रहार गरे पनि पाँचौं होलको डबल बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए।

त्यसपछि १०औं र १४औं होलमा एक-एक सट गुमाए भने १८ औं होलको बर्डीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे।

प्रकृतले ४-ओभर ७२ को स्कोरमा पहिलो दिनको खेल दोस्रो स्थानमा सकाए। उनले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाएका थिए। तर यसपपछि लय गुमाए। ब्याक ६-ओभर ४० मा सकाउन बाध्य भए। ७-ओभर ७५ को स्कोरमा स्वप्निल भट्टराई तेस्रो स्थानमा छन्।

१२ देखि १६ वर्ष उमेर समुहमा इधान्त सिंह साउद १२-ओभर ८० को स्कोरमा शीर्षस्थानमा रहेका छन्। उनले दीपेश श्रेष्ठलाई ४ स्ट्रोकले पछि पारे। दीपेश १६-ओभर ८६ सहित दोस्रो स्थानमा छन्। सिद्धान्त सापकोटा १७-ओभर ८७ सहित तेस्रो स्थानमा रहे।

गल्स १२-२१ वर्ष उमेर समुहमा अभानी राई २०-ओभर ८८ सहित शीर्षस्थानमा रहिन्। उनले अनभद्धया मल्ललाई १० स्ट्रोकले पछि पारिन्। अनभद्धया ३०-ओभर ९८ सहित दोस्रो स्थानमा रहेकी छिन्।

४ प्रदेशका ३१ जना जुनियर गल्फरहरू मध्य पहिलो दिन १ सय भन्दा बढी स्कोर गर्ने १४ खेलाडी १८ होलको खेल पश्चात बाहिरिएका छन्।

प्रत्येक समूहका विजेताले आगामी अप्रिल २३ देखि २५ सम्म  भियतनामको ला-लगुनामा हुने फाल्डो जुनियर टुर  एसिया ग्रान्ड फाइनलमा स्थान बनाउनेछन्। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव भने स्वत: छनोट भैसकेका छन्।

गत नोभेम्बरमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा यु-२१ तर्फ उपाधि जितेको कारण उनी स्वत: छनोट भएका हुन्। यो पटक सदभाव सहित चार नेपाली गल्फरहरूले फाल्डो जुनियर टुर  एसिया ग्रान्ड फाइनल खेल्ने अवसर प्राप्त गर्नेछन्।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 15, 2025

क्षितीज फ्रिस्टाइल चेस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले नेपालमा पहिलो पटक आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि जितेका छन् । क्षितिजले फाइनलमा शुक्रवार क्यान्डिडेट मास्टर (सिएम) मिलन लामालाई पराजित गर्दै उपाधि जितेका हुन् । ‘बेस्ट अफ थ्री’ को आधारमा होटल रोयल सिंगी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितीजले सुरुआती दुवै खेल जितेर २–० ले […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.