1 month ago
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा एपिएफकी स्पाइकर सरस्वती चौधरी अस्ट्रेलिया फर्किएकी छिन्।
एपिएफबाट १२ वर्ष व्यवसायिक भलिबल खेलेकी सरस्वती ९ बर्षअघि सशस्त्र प्रहरीमा भर्ती भएकी थिइन् । सशस्त्रबाट राजीनामा गरेर फर्केकी सरस्वती बिहीवार अस्ट्रेलिया पुगेकी छिन्।
सन् २०१३ बाट राष्ट्रिय टोलीबाट खेल्न थालेकी सरस्वतीले पछिल्लो पटक साउनमा काभा नेसन्स लिगमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। राष्ट्रिय टोलीमा बोलाएको खण्डमा आउने उनले हाम्रो खेलकुदलाई बताएकी छिन् ।
‘व्यक्तिगत विकासका लागि नयाँ चुनौतीका साथ यता आएकी छु, उनले भनिन्, केहि दिनमा कलेजमा भर्ना गर्ने तयारीमा छु। राष्ट्रिय टोलीमा बोलाइएको खण्डमा आउनेछु।’
सरस्वती सफल खेलाडीमा पर्छिन्। महिला टोली प्राप्त गरेका सबै सफलतामा उनी मुख्य खेलाडी मध्येकी हुन् । उनी सम्मिलित टोलीले दुई पटक एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) र काभा नेसन्स लिगमा नेपाल दोस्रो हुँदा पनि उनी टोलीमा थिइन्। साउनमा नेपाल पुलिस क्लबले काभा क्लब च्याम्पियन्सिपमा जित्दा पनि उनी टोलीमा थिइन् ।
एपिएफबाट खेल्दा उनले देशका अधिकांश प्रतियोगिता जितेकी थिइन् । कैलाली धनगढीकी सरस्वतीले पोखरा फिस्टेल एकेडेमीमा बसेर भलिबल प्रशिक्षण गरेकी थिइन् ।
आइतवार पोखरामा भएको पाँचौं संस्करणको टाइगर कप खेल्न उनी स्वदेश फर्किएकी थिइन्। फाइनलमा आयोजक टाइगर ग्रुपसँग एपिएफ पराजित भएको थियो । उनलाई एपिएफ टोलीका खेलाडीले बिदाइ गरेका थिए।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]