default_image

3 months ago

February 3, 2025

पुष्पराज स्मृति टेबलटेनिसलाई वडा ११ को साथ

325 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- खोल्चा पुखु खेलकुद समितिको आयोजनामा हुने प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितालाई ललिपतुर महानगरपालिका वडा ११ ले मुख्य प्रायोजन गर्ने भएको छ ।

आयोजक समितिका अध्यक्ष नदिमरत्न शाक्य र वडा ११ का अध्यक्ष अरोजकुमार खड्गीले सोमवार सो सम्बन्धी सम्झौता पत्रमा हक्षताक्षर गरे ।

प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने बताइएको छ । अध्यक्ष खड्गीले प्रतियोगिताका लागि ५ लाख बजेट विनियोजन गरिसकेको र नपुग रकमको हकमा पनि वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतियोगितामा विभिन्न ६ स्पर्धामा १ सय ५० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । महिला/पुरुष सिंगल्स, भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि पुरुष सिंगल्समा खेल हुनेछ ।

ललितपुर महानगरपालिका वडा ११ का खेलाडी मात्र खेल्न पाउने गरी यु–१६ मिक्स युथ स्पर्धा पनि राखिएको छ । महिला/पुरुष सिंगल्समा शीर्ष ३२ वरियताका खेलाडीले नाम दर्ता गराइसकेको अध्यक्ष शाक्यले बताए ।

प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ । महिला/पुरुषको सिंगल्समो विजेताले ३०, दोस्रोले १५ हजार र तेस्रोले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । बाँकी ४ स्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रो ले २ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन् ।

ललितपुर जिल्ला टेबलटेनिस संघको प्राविधिक सहयोगमा हुने रात्रीकालीन प्रतियोगितालाई इलाभेन स्टार क्लब र इखाछें स्पोर्ट्सले सहयोग गर्ने भएका छन् ।
स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापन हुने ३ दिने प्रतियोगिताका खेलहरु शंखमुलस्थित इलेभन स्टार क्लबमा हुनेछ ।
इन्जिनियर पुष्पराज शाक्यको गत वर्ष निधन भएको थियो । ललितपुरमै भएको पाँचौं मेयर कप टेबलटेनिसको भेट्रान स्पर्धामा खेल्ने क्रममै हृदयघाटका कारण शाक्यको निधन भएको थियो ।

May 3, 2025

गुजरातले हैदराबादलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]

May 2, 2025

राष्ट्रिय महिला हक्की – गण्डकीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]

May 2, 2025

इरानी टोली सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको‌ टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]

Success

Thank you for your time.