default_image

3 months ago

February 1, 2025

रुपेश र सिन्दिरालाई राष्ट्रिय बुद्धिचाल उपाधि 

566 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीको राष्ट्रिय च्याम्पियन बुद्धिचाल च्याम्पियन बनेका छ। 
हेटौंडामा शनिवार सम्म चलेको बुद्धिचालको २५ औं राष्ट्रिय प्रतियोगिता रौतहटका रुपेशले ९ अंक जोड्दै उपाधि जितेका हुन्। यो उनको यो दोस्रो राष्ट्रिय उपाधि हो।

चौथो वरियता बाट खेल सुरु गरेका रुपेशले अपराजित रहने क्रममा ७ जित, ४ बराबरी खेले। उनले आफ्नो व्यक्तिगत रेटिङ्ग २०९३ बाट ३०.२ रेटिङ्ग बढाएका छन्। समग्रमा उनको उत्कृष्ट रेटिङ्ग पर्फोमेन्स २२११ रह्यो। 

पुरुषोत्तम सिलवालले टाइब्रेकरका आधारमा दोश्रो बन्दै प्रतिस्पर्धा अन्त्य गरे । राजन सुवेदी सँग समान ८.५ अंक बनाएका पुरुषोत्तमको ३७.२५ टाइब्रेक प्वाइन्ट र राजन ३६.२५ मा सिमित भए। झापाका राजन तेस्रो भए ।

मकवानपुरका एफएम क्षितिज भण्डारीले ८ अंक बनाइ चौथो भए । दोलखाका आशिष फुयाल ७ अंक जोडेर पाँचौ स्थानमा रहे। झापाका सिएम शुश्रुत दाहाल ६.५ अंक सहित सातौं, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ६ अंक जोडेर आठौं, प्रेमकृष्ण महर्जन नवौं र ललितपुरका सुरोज महर्जन दशौं भए।

 नेपाल बुद्धिचाल महासंघको आयोजनामा भएको प्रतियोगितामा सिन्दिराले ९ अंकसहित १० औं‌ महिला राष्ट्रिय बुद्धिचाल च्याम्पियन बनिन् । उनी उपाधि जोगाउन सफल भएकी छिन् । 

पुनम प्रसाईंले ८ अंक जोडेर दोश्रो भएकी छिन्। कडा प्रतिस्पर्धामा झापाका पुनमले टाइब्रेक प्वाइन्ट ३८.७५ प्राप्त गरि दोश्रो भइन्। 

बाँकेका इशा गिरिले ८ अंक टाइब्रेकर प्वाइन्ट ३६.२५ का आधारमा तेस्रो स्थान हासिल गरेकी हुन्। उदीयमान इशाले पहिलो प्रयासमा नै नेपाल तेस्रो बनेकी हुन्।

काठमाडौंका एञ्जल महर्जनले समान ८ अंक जोडेर चौथो स्थानमा रहेर अप्रत्याशित उत्कृष्ट खेल प्रदर्शन गर्दै ३५ टाइब्रेकर प्वाइन्ट बनाएकी हुन्।

यसैगरी मोरङ्का शान्ति धिमाल ७.५ अंक सहित पाँचौं, झापाका कृतिसारा अधिकारी ६.५ अंकमा छैटौं, कीर्तिपुरका बिनिता कपाली ६अंक प्राप्त गर्दै सातौं, बारा जिल्लाका शुशिला गुरुङ ५.५ अंक आठौं, चितवनका लक्ष्मी कँडेल नवौं र काठमाडौंका निहाना श्रेष्ठ दशौं भए।

यसैबीच महासंघका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण समारोहका प्रमुख अतिथि बाग्मती प्रदेश सरकार कृषि तथा पशुपंक्षी बिकास मन्त्री मा. प्रकाश श्रेष्ठले वरिष्ठ खेल पत्रकार कान्तिपुरका ध्रुव कुमार तुलाधर र गोरखापत्र अनलाइनका गोविन्द रेग्मीलाई नगद सहित सम्मान गरेको छ । 

कार्यक्रममा बाग्मती प्रदेश सांसद एकालाल श्रेष्ठ, साउथ एशियन चेस फेडेरेशनका अध्यक्ष एव अल इण्डियन चेस फेडेरेशनका कोषाध्यक्ष धर्मेन्द्र कुमार, महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकार, प्रवक्ता राजु ताम्राकार, एफए सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो। 

May 3, 2025

गुजरातले हैदराबादलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]

May 2, 2025

राष्ट्रिय महिला हक्की – गण्डकीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]

May 2, 2025

इरानी टोली सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको‌ टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]

Success

Thank you for your time.