3 months ago
January 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो क्वालिफायरमा आज काठमाण्डौ माभरिक्स र विराटनगर ब्यान्डिट्सबीच प्रतिस्पर्धा हुँदैछ।
फाइनल प्रवेशको लागि दुवै टिमको लागि यो अन्तिम मौका हो। विराटनगर पहिलो क्वालिफायरमा जनकपुर नाइट्ससँग ३४-३२ को झिनो अन्तरमा पराजित भएको थियो। विराटनगर लिग चरणमा कुल २१ अंक बनाएर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको थियो।
काठमाडौं तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको थियो। जहाँ इलिमिनेटरमा धनगढी वाइल्ड क्याट्सलाई ५०-४५ को स्कोरमा माथ दिंदै काठमाडौंले दोस्रो क्वालिफायरको यात्रा तय गर्न सफल भएको हो।
लिग चरणको खेलमा विराटनगरले काठमाडौंलाई ४४-४३ को अत्यन्त प्रतिस्पर्धात्मक खेलमा हराएको थियो। यो पटक पुन: जित निकाल्न भने विराटनगरले काठमाडौंका कप्तान घनश्याम रोक्का मगरलाई रोक्नु पर्नेछ।
काठमाडौंको अधिकांश जितमा घनश्याम कै प्रदर्शनमा निर्भर रहेको छ। उनी जारी लिगमा सर्वाधिक १३४ स्कोर गर्न सफल खेलाडी हुन्। लिग चरणको हारको बदला लिने मौका पनि काठमाडौंकाई रहेको छ। आजको खेलको विजेताले उपाधिका लागि अपराजित रहँदै फाइनलमा पुगेको जनकपुर नाइट्ससँग खेल्नेछ।
काठमाडौं र विराटनगरबीचको खेल आज साँझ ६:३० बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]