3 months ago
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एकपटक फेरि सानदार कमब्याक गर्दै काठमान्डौ माभरिक्स केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
आज भएको इलिमिनेटरमा काठमाडौंले धनगढी वाइल्ड क्याट्सलाई ५०-४५ को स्कोरमा माथ दियो। काठमाडौंको यो जितमा पनि कप्तान घनश्याम रोक्का मगरको प्रदर्शन अब्बल रह्यो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको इलिमिनेटर नाटकीय बन्यो। पहिलो हाफमा धनगढीले उत्कृष्ट प्रदर्शन गर्यो।
धनगढी सबै पक्षमा मजबुत देखियो। पहिलो हाफमा २३-१७ को अग्रता बनायो। यो क्रममा उसले काठमाडौंलाई २ पटक अल आउट नै गर्यो।
तर दोस्रो हाफमा भने नाटकीय शेैलीमा काठमाडौंले प्रभावशाली खेल खेल्यो। जहाँ घनश्याम एक्लैले स्कोर जोडिरहे। उनकै प्रदर्शनमा काठमाडौं जिततर्फ अगाडि बढ्यो।
घनश्यामले विराटनगरलाई अल आउट गरे। यो सँगै काठमाडौंले खेललाई २५-२५ को बराबरीमा पुर्यायो। उत्कृष्ट कमब्याकमा ५०-४५ को जितकासाथ दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गर्यो।
अन्य खेलमा जस्तै यो खरलमा घनश्यामको प्रदर्शन महत्वपूर्ण रहयो। काठमाडौंले ५० स्कोरगर्दा घनश्याम एक्लैले ३२ स्कोरको योगदान गरे। टचबाट २० र बोनसबाट १२ स्कोर हात पारे।
काठमाडौंले टचबाट सर्वाधिक २३,ट्याकलबाट ७, अल आउटबाट ४ र बोनसबाट १५ स्कोर निकाल्यो। पराजित धनगढीले टचबाट १७, बोनसबाट १६, ट्याकलबाट ८ र अल आउटबाट ४ स्कोर जोड्यो।
अब काठमाडौंले दोस्रो क्वालिफायरमा विराटनगर ब्यान्डिट्ससँग खेल्नेछ। विराटनगर पहिलो खेलमा धनगढीसँग हारेको थियो।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]