default_image

1 month ago

January 27, 2025

रुपेशको एकल अग्रता

570 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)- एफएम रुपेश जैसवालले २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण समाप्तिमा‌ एकल अग्रता लिएका छन्।

हेटौंडामा जारी प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन रुपेशले पूर्ण ३ अंक जोडेका छन्। रौतहटका २०९३ रेटेड रुपेशले ललितपुरका १९५२ रेटेड सुरोज महर्जन, झापाका २०२१ रेटेड शुश्रुत दहाल, काठमाडौंका १८८२ रेटेड प्रेमकृष्ण महर्जनलाई हराए ।

दोलखाका आशिष फुयाल २.५ अंक बनाउँदै दोस्रो स्थानमा छन्। १९८१ रेटेड आशिषले काठमाडौंका २०१६ रेटेड एफएम रिजेन्द्र राजभण्डारी र भक्तपुरका १६८७ रेटेड विनय थापालाई हराए भने २०४५ रेटेड पुरुषोत्तम सिलवालसंग बराबरी खेलेका छन्।

काभ्रेका २०७० रेटेड एफएम क्षितिज भण्डारी, धैर्यवान खेलाडी प्रेमकृष्ण महर्जन समान २ अंक प्राप्त गर्दै संयुक्त तेस्रो स्थानमा छन्।

झापाका शुश्रुत दहाल, वर्तमान नेपाल च्याम्पियन १९८२ रेटेड राजन सुवेदी र काठमाडौंका सिएम नवीन तण्डुकारको समान १.५ अंक छ । सुनसरीका १८७८ रेटेड धिरेन राई, युवा पुरुषोत्तम सिलवाल, सुरोज महर्जन, रिजेन्द्र राजभण्डारीको समान १ अंक छ। विनय थापा अंक बिहिन छन्।

सिन्दारा र एञ्जल अगाडि

१० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण समाप्तिमा काठमाडौंकी सिन्दारा जोशी र ललितपुरकी एञ्जल महर्जनले सबै खेल जितेर संयुक्त अग्रस्थानमा छन्।

वर्तमान च्याम्पियन सिन्दिराले काठमाडौंका निहाना श्रेष्ठ, रुकुमका नयुमा मगर र चितवनका लक्ष्मी कँडेललाई हराइन् । एञ्जलले ओलम्पियाड खेलाडी शान्ति धिमाल, निहाना श्रेष्ठ र नयुमा मगरलाई पराजित गरिन्।

झापाकी पुनम प्रसाईं, ताप्लेजुङकी शुशिला गुरुङ, मोरङकी शान्ति धिमाल, बाँकेकी इशा गिरि, झापाकी कृतिसारा अधिकारी र काठमाडौंकी विनिता कपाली सबैले समान २ अंक जोडेर संयुक्त रुपमा दोश्रो स्थानमा छन्।

नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय स्पर्धाका शीर्ष ३ जना र राष्ट्रिय प्रतियोगिता बीबाट ९ जना खेलाडी छनोट गरि १२ जना बिच ११ चरणको राउण्ड रोविन सिनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो।

यसैबीच आज हेटौंडा स्थित होटल सामनाको सभाहलमा बाग्मती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रतियोगिताको उद्घाटन गरे ।

महासंघका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा महासचिव धरम बहादुर लामाले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय खेल कार्यक्रममा सह-महासचिव मोनालिसा खम्बू, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, केन्द्रीय रमिला पोखरेल, प्रमुख निर्णायक आईए यज्ञप्रसाद पन्त लगायतको उपस्थिति थियो।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.