default_image

1 month ago

January 26, 2025

टिप‌ टप हेल्प नेपाल पहिलो खेलमै पराजित

1589 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतवार सुनिलले हेल्प नेपाललाई ३-१ सेट पराजित गरेको हो । पहिलो सेट २२-२५ ले गुमाएको सुनिल क्लबलेसुनिल क्लबले दोस्रो सेट २५-२३, तेस्रो २७-२५ र चौथो सेटमा २५-१६ ले आफ्नो पक्षमा पारेको हो ।

यसअघि दिनको खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३—० को सोझो सेटमा पराजित गरेको थियो ।

आज पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिचको खेल सुरु हुनेछ । त्यसपछि आर्मी क्लब र एपिएफबिच खेल हुनेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

February 26, 2025

झापा ११ भद्रपुर झापा गोल्डकप फाइनलमा

हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]

February 26, 2025

तोरणको अग्रता कायमै

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन तोरण विक्रम शाही ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन्। गोकर्ण गल्फ क्लबमा ४-अन्डर ६८ को स्कोर जोडेका उनले समग्रमा ११-अन्डर १३३ सहित उनले निरज तामाङलाई ३ स्ट्रोकले पछि पारे। पहिलो दिनका लिडर तोरणले आज पनि उत्कृष्ट सुरूवात गरे। यो क्रममा उनले फ्रन्ट नाइन […]

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

Success

Thank you for your time.