default_image

1 month ago

January 26, 2025

आयोजक टाइगर ग्रुपसँग आर्मीको हार

1572 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

आयोजक टोलीले आर्मीले पहिलो सेट २५-१४, दोस्रो सेट २५-११ र तेस्रो सेट २५-२१ ले पराजित गरेको हो । यसअघि शनिबार खराब प्रकाशका कारण खेल स्थगित भएपछि आइतबार पुनः गराइएको थियो । हिजो खेल‌ स्थगित हुँदा आर्मी २-१ ले अगाडि थियो ।

आयोजक टोलीको नेतृत्व राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले गरेकी छन् । टोलीमा ३ थाइल्यान्डका खेलाडी समावेश गरिएको छ ।

प्रतियोगितामा आज पुरुषतर्फको खेल सुरु हुने । पुरुषतर्फ पहिलो खेल साविक विजेता हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिमबिच हँदैछ ।

दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल एपिएफ र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

February 26, 2025

तोरणको अग्रता कायमै

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन तोरण विक्रम शाही ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन्। गोकर्ण गल्फ क्लबमा ४-अन्डर ६८ को स्कोर जोडेका उनले समग्रमा ११-अन्डर १३३ सहित उनले निरज तामाङलाई ३ स्ट्रोकले पछि पारे। पहिलो दिनका लिडर तोरणले आज पनि उत्कृष्ट सुरूवात गरे। यो क्रममा उनले फ्रन्ट नाइन […]

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

February 26, 2025

अफगानिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इङ्ग्ल्याण्डविरुद्ध टस जितेको छ । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । अफगानिस्तान पहिलो […]

Success

Thank you for your time.