1 month ago
January 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडामा आइतवार सुरु हुने भएको छ।
महासंघले शनिवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै माघ १९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगितामा दुबै विधा तर्फ नै पूर्व निर्धारित फर्म्याट अनुसार सिनियर नेसनल च्याम्पियनका शीर्ष ३ खेलाडी र नेशनल बी वाट छनोट भएका उत्कृष्ट ९ खेलाडी बिच जम्मा ११ चरणको प्रतिस्पर्धा प्रतियोगिता संयोजक महासचिव धरम बहादुर लामाले बताए।
जसमा पुरुष तर्फ नेपाल च्याम्पियन राजन सुवेदी,
, दोश्रो शुश्रुत दहाल, तेस्रो क्षितिज भण्डारी सहित नेसनल बी वाट छनोट भएका पुरुषोत्तम सिलवाल, आशिष फुयाल, एफएम रुपेश जैसवाल, विनय थापा, सुरोज महर्जन, धिरेन राई, सिएम नवीन तण्डुकार र एफएम रिजेन्द्र राजभण्डारी खेल्नेछन्।
यसैगरी महिलातर्फ नेसनलका शीर्ष ३ सिन्दिरा जोशी, कृतिसारा अधिकारी, सहित बिनिता कपालीसहित लक्ष्मी कँडेल, इशा गिरि, शान्ति धिमाल, दानिशा पुरी, शुशीला गुरुङ, पुनम प्रसाईं , एञ्जल महर्जन, निहाना श्रेष्ठ र नायुमा मगरबिच प्रतिस्पर्धा हुने भएको छ।
प्रतियोगिता सञ्चालनमा अन्तर्राष्ट्रिय आर्विटर यज्ञप्रसाद पन्तलाई प्रमुख निर्णायक तथा फिडे आर्विटर सोराज ताम्राकार, एफए मिशन दहाल, एफए सन्दिप धिमिरे र एनए रमिला पोखरेलको टोली रहेको छ।
बागमती खेलकुद बिकास परिषद् तथा स्थानीय तह सँगको सहकार्यमा हुने प्रतियोगितामा झण्डै २४ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
विजेताले यसै वर्ष मे श्रीलंकामा हुने एशियन जोनल च्याम्पियनसिप, दुबईमा हुने एसिययन कन्टिनेन्टल र अर्को वर्ष उब्जेकिस्तानमा हुने चेस ओलम्पियाडमा सहभागी गराइने बताइएको छ ।
महासंघका अध्यक्ष हेराकाजी महर्जनले महासंघले आयोजना गर्ने आधिकारिक प्रतियोगिताहरु अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बरसम्म सम्पन्न गर्ने जानकारी दिए।
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन तोरण विक्रम शाही ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन्। गोकर्ण गल्फ क्लबमा ४-अन्डर ६८ को स्कोर जोडेका उनले समग्रमा ११-अन्डर १३३ सहित उनले निरज तामाङलाई ३ स्ट्रोकले पछि पारे। पहिलो दिनका लिडर तोरणले आज पनि उत्कृष्ट सुरूवात गरे। यो क्रममा उनले फ्रन्ट नाइन […]