default_image

3 months ago

January 25, 2025

विराटनगर ब्यान्डिट्सले पहिलो क्वालिफायर खेल्ने

381 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिट्सले पहिलो क्वालिफायरमा स्थान बनाएको छ

लिग चरणको अन्तिम खेलमा शनिवार प्ले अफमा पुगिसकेको विराटनगरले पोखरा लेकर्सलाई ५०-२५ को सहज नतिजामा हरायो।

राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा विराटनगरले पोखरालाई कुनै पनि मौका दिएन। पहिलो हाफमा २१-१२ को अग्रता बनायो।‌ दोस्रो हाफमा पनि यही लयलाई निरन्तरता दिंदा विराटनगरले बिना दबाब खेल जित्यो।

पोखराले कुल २५ स्कोर गर्दा विराटनगरले टचबाट मात्रै २१ स्कोर गर्यो। तीन पटक अल आउटको सफलता विराटनगरले हात पार्यो। १७ स्कोर ट्याकलबाट र ६ स्कोर बोनसबाट निकाल्यो।

पराजित पोखराले टचबाट १४ बोनसबाट ६ र ट्याकलबाट ५ स्कोर मात्र बनायो। योसँगै पोखराले एक खेल पनि जित्न सकेन। ४ अंकका साथ यो सिजन पुरा गर्दै लिगबाट बाहिरियो।

विराटनगरको भने यो चौथो जित हो। उसले कुल २१ अंक बनाएर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।

पहिलो क्वालिफायरमा विराटनगरले जनकपुर नाइट्ससँग माघ १४ गते खेल्नेछ। जनकपुर २३ अंक सहित लिग चरणमा शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको हो।

जनकपुर अपराजित एक मात्र टोली हो। उसले लिग चरणमा ४ खेल जित्दा काठमाडौंसँग बराबरी खेलेको थियो। लिग चरणमा भने जनकपुरले विराटनगरलाई ४०-३८ ले हराएको थियो।

पहिलो इलिमेनेटरमा धनगढी वाइल्ड क्याट्स र हिमालयन रेडर्सबीच खेल हुनेछ। धनगढी २ जित सहित ११ अंकका साथ तेस्रो स्थानमा रहेर प्ले अफमा पुगेको हो। हिमालयनले भने लिगमा मात्र एक खेल जितेको थियो। ७ अंक सहित चौथो स्थानमा रहँदै प्ले अफमा स्थान बनाएको हो।

May 3, 2025

गुजरातले हैदराबादलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]

May 2, 2025

राष्ट्रिय महिला हक्की – गण्डकीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]

May 2, 2025

इरानी टोली सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको‌ टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]

Success

Thank you for your time.