2 months ago
January 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – टाइगर कप भलिबल प्रतियोगिताको पहिलो दिनको तेस्रो खेल खराब प्रकाशका कारण बीचमा नै रोकिएको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक टाइगर ग्रुपबिचको शनिवारको तेस्रो तथा अन्तिम खेल खराब प्रकाशका कारण रोकीएको हो । रोकिएको खेल आइतबार पुन: पहिलो सेटबाट नै सुरु हुने भएको छ ।
खेल रोकिदा आर्मी २-१ सेटले अघि थियो । तेस्रो सेटको समाप्तिसँगै खेलका लागि चाहिने भन्दा कम प्रकाश भएसँगै खेल रोकिएको हो । खेलमा पहिलो र दोस्रो सेट जितेको आर्मीले तेस्रो सेट भने गुमाएको थियो ।
पहिलो सेट आर्मीले २५-२३ र दोस्रो सेट २५-२२ ले जितेको थियो । तेस्रो सेटमा भने आर्मी २१-२५ ले पराजित भएको थियो ।
प्रतियोगिताको आजै भएको पहिलो खेलमा नेपाल एपिएफ क्लबले थाइल्याण्डको क्लबलाई, दोस्रो खेलमा टिप टप न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई समान ३-२ ले हराएको थियो ।
त्यसअघि सुचना तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ उद्घाटन गरेका थिए । माघ १९ गते सम्म चल्ने प्रतियोगितामा २ विदेशी टोलीसहित महिला र पुरुषमा समान ६ टोलीको सहभागिता छ ।
विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् ।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् ।
प्रतियोगिताका दुवैतर्फको विजेता टोलीले समान ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । दोस्रो टोलीले समान २ लाख ८५ हजार ५ सय ५५ र तेस्रो टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]