default_image

1 month ago

January 23, 2025

जनकपुर नाइट्सको लगातार चौथो जित

260 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले लगातार चौथो जित दर्ज गर्न सफल भएको छ

जनकपुरले बिहीवार दोस्रो खेलमा पोखरालाई ३६-२९ को नतिजामा हरायो। पोखराको यो लगातार चौथो हार हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दोस्रो खेल कम स्कोरको भयो। पहिलो हाफमा जनकपुरले १८-१३ को अग्रता बनायो।

१८ स्कोर गर्ने क्रममा जनकपुरले पोखरालाई एक पटक अल आउट गर्यो। पहिलो हाफमा टचबाट १२ स्कोर गर्यो। पहिलो जितको खोजीमा रहेको पोखराले भने बोनसबाट ७ र टचबाट ६ स्कोर गर्यो।

दोस्रो हाफमा पनि दुवै टिमबाट धेरै स्कोर हुन सकेन। तर दबाब भने जनकपुरले नै बनायो। अग्रतालाई जोगाउन जनकपुर सफल रहयो।

दोस्रो हाफमा पनि जनकपुरले एक पटक अल आउटको सफलता प्राप्त गर्यो। जनकपुरले टचबाट २१, ट्याकलबाट ८, अल आउटबाट ४ र बोनसबाट ३ स्कोर गर्यो्।

उसको लागि च्याफोन कामुन्नेले सर्वाधिक १८ स्कोर गरे। उनले १५ स्कोर टचबाट मात्रै जोडेका थिए।
पराजित पोखराले टचबाट १५, बोनसबाट १२, र ट्याकलबाट २ स्कोर गरेकप थियो।

लगातारको चौथो जितमा जनकपुरले २० अंक सहित शीर्षस्थानमा छ। लगातार ४ खेल हारेको पोखरासँग ४ अंक रहेको छ। ४ खेलमा नै हारेपनि पोखराले प्रत्येक खेलमा ७ अंकको अन्तरमा मात्र खेल हारेको छ।

दिनको पहिलो खेलमा घनश्याम रोक्का मगरको प्रभावशाली प्रदर्शनमा धनगढी वाइल्ड क्याट्सलाई ५१-३६ को सहज नतिजामा हराउँदै काठमाडौं माभरिक्सले तेस्रो जित हात पारेको छ।

February 25, 2025

पहिलो दिन तोरणको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन मंगलवार तोरण विक्रम शाही सानदार सुरुवात गर्दै ४ स्ट्रोकको अग्रता लिएका छन्। उनले ७-अन्डर ७५ को सानदार स्कोरमा दाबेदार निरज तामाङ र सञ्जय लामालाई ४ स्ट्रोकले पछि पारेका हुन्। गोकर्ण गल्फ क्लबमा तोरणले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्न्ट नाइनमा चार बर्डी प्रहार गरे। दोस्रो, तेस्रो, […]

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

February 25, 2025

१४ औं सागको मिति सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद )- दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले पाकिस्तानमा हुने भनिएको १४औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति तय गरेको छ। एसएओसीको मंगलवार पाकिस्तानमा बसेको बैठकले सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म १४ औं साग गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। पाकिस्तान र भारतको चिसो सम्बन्धका कारण […]

Success

Thank you for your time.