1 month ago
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा घनश्याम रोक्का मगरको प्रभावशाली प्रदर्शनमा धनगढी वाइल्ड क्याट्सलाई ५१-३६ को सहज नतिजामा हराउँदै काठमाडौं माभरिक्सले तेस्रो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा काठमाडौंले पुरै खेल अवधिभर दबाब बनाउँदै सहज जित निकाल्न सफल भएको हो। पहिलो हाफमा दुई अल आउट सहित टचबाट १७ स्कोर गर्दै काठमान्डौले २७-१६ को अग्रता बनायो।
दोस्रो हाफमा धनगढी खेलमा फर्कन सकेन । दुवै हाफमा धनगढीले काठमाडौंलाई एक पटक पनि अल आउट गर्न सकेन। काठमाडौंले भने दोस्रो हाफमा पनि एक पटक अल आउटमा स्कोर जोड्यो। काठमाडौंले टचबाट सर्वाधिक २६ र ट्याकलबाट १२ तथा बोनसबाट ७ र अल आउटबाट ६ स्कोर बनायो।
काठमाडौंको जितमा आज पनि कप्तान तथा मार्की घनश्यामको प्रदर्शन अब्बल रहयो। काठमाडौंले जोडेको ५१ स्कोर मध्ये घनश्यामको योगदान २६ स्कोरको रहयो। उनी एक्लैले टचबाट १९, बोनसबाट ६ र ट्याकलबाट २ स्कोर गरे।
पराजित धनगढीले टचबाट १४ तथा ट्याकलबाट र बोनसबाट समान ११ समकोर गर्यो। ४ खेलमा काठमाडौंले १६ अंक बनाएको छ। चार खेलमा धनगढीको यो तेस्रो हार हो। उसँग मात्र ६ अंक रहेको छ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले पाकिस्तानमा हुने भनिएको १४औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति तय गरेको छ। एसएओसीको मंगलवार पाकिस्तानमा बसेको बैठकले सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म १४ औं साग गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। पाकिस्तान र भारतको चिसो सम्बन्धका कारण […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]