1 month ago
January 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धनगढी वाइल्डक्याट्सले पोखरा लेकर्सलाई हराउँदै केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा पहिलो जित हासिल गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधवार धनगढी ३८–३३ ले विजयी भएको हो। पहिलो हाफमै धनगढीले २३–१२ को फराकिलो अग्रता लिएको थियो।
धनगढीले जित हात पार्नेक्रममा रेडबाट १७, ट्याकलबाट १४, २ अलआउटबाट ४ र बोनसबाट ३ अंक जोड्यो। पोखराले भने रेडबाट १५, ट्याकलबाट ११, १ अलआउटबाट २ र बोनसबाट ५ अंक मात्रै बटुल्न सक्यो।
योसँगै धनगढी ५ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। धनगढीले ३ खेलबाट ६ अंक पुर्याएको छ। समान खेल खेलेको पोखरा ३ अंकसहित अंक तालिकाको पुछारमा छ। ६ टोली सहभागी प्रतियोगितामा जितविहीन रहने टोली पोखरा मात्रै हो।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले पाकिस्तानमा हुने भनिएको १४औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति तय गरेको छ। एसएओसीको मंगलवार पाकिस्तानमा बसेको बैठकले सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म १४ औं साग गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। पाकिस्तान र भारतको चिसो सम्बन्धका कारण […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]