default_image

1 month ago

January 22, 2025

सूर्य नेपाल वेस्टर्न ओपन- पहिलो दिन निरज शीर्षस्थानमा

281 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- सूर्य नेपाल वेस्टर्न ओपनको २५ औं‌ संस्करणको पहिलो दिन बुधवार निरज तामाङ दुई स्ट्रोकको अग्रता बनाउँदै शीर्षस्थानमा रहेका छन् ।

४-अन्डर ६५ को स्कोरमा निरजले युवराज भुजेल र भुवन कुमार रोक्कालाई २ स्ट्रोकले पछि पारे। पोखराको हिमालयन गल्फ कोर्समा उत्कृष्ट सुरुवात गर्दै
निरजले बोगी रहित फ्रन्ट नाइन खेले।

तेस्रो र चौथो होलमा एक-एक सट बचाए। फ्रन्ट नाइनमा २-अन्डर ३२ को प्रदर्शन गरे। उनले १५औं होलमा एक सट खेर फाले। १०औं, १३औं र १६औं होलको बर्डीले ब्याक नाइन २-अन्डर ३३ मा पुरा गरे।

उनले सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए। उनी करियरको तेस्रो प्रमुख उपाधि जित्ने दाउमा छन्।

युवराज र भुवन २-अन्डर ६७ को स्कोरमा संयुक्तरुपमा दोस्रो रहे। धरानका प्रो युवराजले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। उनको फ्रन्ट नाइनको प्रदर्शन उतारचढावले भरिएको थियो।

दोस्रो र तेस्रो होलमा बर्डी प्रहार गरे। तर पाँचौं होलमा डबल बोगीको समाना मात्र गरेनन्। लगतै सातौं होलमा बोगी प्रहार गरे। यसपछि आठौं र नवौं होलमा एक-एक सट बचाए। ब्याक नाइन उनले १-अन्डर ३४ मा सकाए। १३औं देखि १५औं होलसम्म लगातार तीन बर्डी प्रहार गरे तर १०औं र १८औ होलमा बोगी खेपे।

भुवनले तेस्रो र पाँचौं होलको बर्डीको मद्दतले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि ११औं होलमा डबल बोगी खेपे। १६औं र १७औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३५ मा पुरा गरे।

धन बहादुर थापा र सञ्जय लामाले १-अन्डर ६८ मा पहिलो दिनको खेल सकाए। उनीहरू संयुक्तरुपमा चौथो स्थानमा रहे। रामे मगर र जयराम श्रेष्ठले छेटौं स्थान बाँडे। उनीहरूले आज इभन-पार ६९ मा खेल सकाए।

एमेच्योरतर्फ सुन्दर राई १-ओभर ७० सहित शीर्षस्थानमा रहेका छन्। उनले सुरेश तामाङलाई एक स्ट्रोकले पछि पारे। सुरेशले पहिलो दिन २-ओभर ७१ स्कोर गरे।

५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन। प्रतियोगिताको कुल पुरस्कार ८ लाख ८२ हजार रहेको छ। विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ७२ हजार रुपैयाँ प्राप्त गर्नेछन्। शीर्ष २१ मा पर्ने गल्फरले पनि नगद हात पार्नेछन्।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्य नेपाल प्रा.लि. द्वारा प्रायोजित प्रतियोगितामा ३६ होलको समाप्तिमा कट लागु हुनेछ। शनिबार प्रो-एम प्रतियोगिता हुनेछ।

February 25, 2025

१४ औं सागको मिति सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद )- दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले पाकिस्तानमा हुने भनिएको १४औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति तय गरेको छ। एसएओसीको मंगलवार पाकिस्तानमा बसेको बैठकले सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म १४ औं साग गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। पाकिस्तान र भारतको चिसो सम्बन्धका कारण […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

Success

Thank you for your time.