1 month ago
January 21, 2025
हिमाल खरेल,बिर्तामोड
मोरङको बेलबारी नगरपालिकाले झापाको कनकाईस्थित सुरुङ्गामा भएको कनकाई कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
आज भएको फाइनल खेलमा भारतको टिभिए सिक्किमलाई हराउँदै बेलबारीले उपाधिसँगै १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ ।
सिक्किमले ६१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । प्रतिस्पर्धात्मक खेलमा पहिलो २-२ सेट दुवै टिमले जितेपछि खेल बेस्ट अफ ५ मा धकेलिएको थियो ।
सिक्किमले पहिलो सेट २५–२० र तेस्रो सेट २५–२२ ले जितेको थियो । दोस्रो र चौथो सेट बेलबारीले २५–२० र २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । अन्तिम सेट बेलबारीले १५–१३ ले जितेको हो ।
प्रतियोगितामा बेस्ट डिफेन्डर टिभिएका अनुप राई, बेस्ट स्पाइकर बेलबारीका दिपेश क्षेत्री, बेस्ट ब्लकर बेलबारीका ऋषि घिमिरे, बेस्ट सर्भर टिभिएका पर्शुराम शर्मा र बेस्ट सेटर बेलबारीका रिदेन विष्ट भए । उनीहरुले ५ हजार १ सय रुपैयाँ र ट्रफी पाए । सर्वोकृष्ट खेलाडी बनेका बेलबारीका प्रकाश राउतलाई ३२ इन्चको टिभी प्रदान गरियो ।
कार्यक्रमका बीच झापाका पाँचजना पूर्वराष्ट्रिय भलिबल खेलाडीहरु दिपेश पाठक, सुरेन्द्र खतिवडा, गजेन्द्र ताम्लिङ, श्रीकृष्ण खड्का र सञ्जय अधिकारीलाई सम्मान गरिएको थियो ।
कनकाई माविको खेल मैदानमा भएको प्रतियोगिताको विजेता तथा उपविजेतालाई प्रतिनिधिसभाका सदस्य एलपी साँवा लिम्बु, कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले पुरस्कृत गरे ।
प्रतियोगितामा ताप्लेजुङ र भारत सिक्किमको एकएक, मोरङका दुई तथा झापाका १० पालिकासहित १४ वटा टोलीको सहभागिता थियो ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले पाकिस्तानमा हुने भनिएको १४औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति तय गरेको छ। एसएओसीको मंगलवार पाकिस्तानमा बसेको बैठकले सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म १४ औं साग गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। पाकिस्तान र भारतको चिसो सम्बन्धका कारण […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]