default_image

1 month ago

January 21, 2025

जनकपुर नाइट्सको लगातार तेस्रो जित

312 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले सानदार कमब्याकमा विराटनगर ब्यान्डिट्सलाई ४०-३८ को झिनो अन्तरमा हरायो।

जनकपुरको यो लगातार तेस्रो जित हो। विराटनगरले भने पहिलो हार बेहोर्यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दिनको दोस्रो खेलमा विराटनगर र जनकपुर दुवै लगातार तेस्रो जित निकाल्ने दाउमा थिए।

जहाँ विराटनगरले सुरुवात राम्रो गर्यो। ९-५ को अग्रता रहेको अवस्थामा विराटनगरका सुशिल चुनाराले सुपर रेडमा जनकपुरलाई अल आउट गरिदिए। एकै पटकमा उनले ५ स्कोर गरे। सहजै विराटनगरले पहिलो हाफमा २२-१५ को अग्रता बनायो।

तर दोस्रो हाफ भने रोमाञ्चक बन्यो। जनकपुरले सानदार कमब्याक गर्यो। निरन्तरको स्कोरले जनकपुर विराटनगरलाई दबाब‌ दिन सफल रहयो। सहिद अन्सारीले दुई अंक जोड्दा जनकपुरले खेललाई ३०-३० को बराबरीमा पुर्यायो।

त्यसपछि जनकपुरका कप्तान रामु टमाटाले विराटनगरका कप्तान कल्याण भुजेललाई टच आउट गर्दा जनकपुरले अल आउटको सफलता प्राप्त गर्यो। यो सँगै जनकपुरले ३३-३० को अग्रता बनायो।

त्यसपछि यो अग्रतालाई जोगाउँदै ४०-३८ को रोमाञ्चक जित दर्ज गर्यो। जनकपुरको जितमा च्याफोन कामुनेले सर्वाधिक १३ स्कोर गरे।

जनकपुरले टचबाट १७, ट्याकलबाट १४ बोनसबाट ४ र अल आउटबाट ४ स्कोर गर्यो। पराजित विराटनगरले टचबाट सर्वाधिक १३, ट्याकलबाट र बोनसबाट समान ११ तथा अल आउटबाट ११ स्कोर जोड्यो।

लगातार तेस्रो जितमा १५ अंक सहित जनकपुर शीर्षस्थानमा कायमै रहेको छ। तीन खेलमा दुई जित र एक हारको नतिजामा विराटनगरसँग ११ अंक रहेको छ।

दिनको पहिलो खेलमा काठमाडौं माभरिक्सले
हिमालयन रेडर्सलाई ५६-३४ को फराकिलो अन्तरमा हराउँदै महत्वपूर्ण ५ अंक जोड्न काठमाडौं सफल रहयो।

भोलि एक खेल हुनेछ। जहाँ धनगढी वाइल्ड क्याट्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुनेछ।

February 25, 2025

पहिलो दिन तोरणको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन मंगलवार तोरण विक्रम शाही सानदार सुरुवात गर्दै ४ स्ट्रोकको अग्रता लिएका छन्। उनले ७-अन्डर ७५ को सानदार स्कोरमा दाबेदार निरज तामाङ र सञ्जय लामालाई ४ स्ट्रोकले पछि पारेका हुन्। गोकर्ण गल्फ क्लबमा तोरणले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्न्ट नाइनमा चार बर्डी प्रहार गरे। दोस्रो, तेस्रो, […]

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिगको आगामी सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको जनाएको हो । धनगढीका अनुसार मार्टिनेजसॅंग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव छ । प्रशिक्षकसँग युईएफए प्रो लाईसेन्स छ ।धनगढी एफसीको मुख्य प्रशिक्षकमा नियुक्त […]

February 25, 2025

१४ औं सागको मिति सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद )- दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले पाकिस्तानमा हुने भनिएको १४औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति तय गरेको छ। एसएओसीको मंगलवार पाकिस्तानमा बसेको बैठकले सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म १४ औं साग गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। पाकिस्तान र भारतको चिसो सम्बन्धका कारण […]

Success

Thank you for your time.