1 month ago
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं माभरिक्सले
केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा दोस्रो जित हात पारेको छ।
हिमालयन रेडर्सलाई मंगलवार ५६-३४ को फराकिलो अन्तरमा हराउँदै महत्वपूर्ण ५ अंक जोड्न काठमाडौं सफल रहयो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दिनको पहिलो खेलमा काठमाडौंले एकपक्षीय दबाब बनायो।
पहिलो हाफमा तीन पटक काठमाडौंले हिमालयन रेडर्सलाई अल आउट गर्यो। १८ अंक ट्याकलबाट मात्र जोड्दा पहिलो हाफमा काठमाडौंले ३६-१३ को सानदार अग्रता बनायो।
दोस्रो हाफमा पनि हिमालयन निरिह बन्यो। स्कोर जोडिरहन सफल काठमाडौंले चौथो पटक दोस्रो हाफमा हिमालयनलाई अल आउट गर्यो। दोस्रो हाफमा एक पटक भने हिमालयनले काठमाडौंलाई अल आउट गरेको थियो। तर यसले कुनै असर गरेन्।
आजको यो खेलमा काठमाडौंका मोहम्मद मिजानुर रेहमानको प्रदर्शन अब्बल रहयो। उनी एक्लैले २१ स्कोर गरे। टचबाट १६, ट्याकलबाट ३ र बोनसबाट २ स्कोर गर्दै टिमलाई सानदार जित दिलाए। काठमाडौंका कप्तान घनश्याम रोक्का मगरले १८ स्कोरको योगदान दिए।
काठमाडौंले बनाएको ५६ स्कोर जारी लिगको सर्वाधिक स्कोर पनि बनेको छ। यसअघि धनगढी वाइल्ड क्याट्स विरूद्ध विराटनगर ब्यान्डिट्सले ४६ स्कोर गरेको थियो।
काठमाडौंले टचबाट सर्वाधिक २७, ट्याकलबाट १५, अल आउटबाट ८ र बोनसबाट ६ स्कोर गर्यो। हिमालयनले टचबाट १९, बोनसबाट १०, ट्याकलनबाट ३ र अल आउटबाट २ अंक जोड्यो।
तेस्रो खेलमा दोस्रो जित सहित काठमाडौं ११ अंक बनाएको छ। हिमालयन रेडर्सको यो दोस्रो हार हो। टोलीको ५ अंक छ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले पाकिस्तानमा हुने भनिएको १४औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति तय गरेको छ। एसएओसीको मंगलवार पाकिस्तानमा बसेको बैठकले सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म १४ औं साग गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। पाकिस्तान र भारतको चिसो सम्बन्धका कारण […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]