1 month ago
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिन्ट्सले अत्यन्त रोमाञ्चक खेलमा काठमाडौं माभरिक्सलाई ४४-४३ को झिनो अन्तरमा हरायो।
विराटनगर लगातार दोस्रो जित दर्ज गर्न सफल भयो।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा विराटनगरले उत्कृष्ट सुरूवात गर्यो। ६-२ को अग्रता रहँदा पहिलो पटक अल आउट गर्दै १०-२ को अग्रता बनायो।
यसपछि दोस्रो अल आउट १६- ४ मा गर्यो र थप स्कोर गर्यो। आरामदायी अग्रता बनाउने क्रममा २२- ५ ले विराटनगर अगाडि थियो। तर यसपपछि काठमाडौंका कप्तान तथा मार्की घनश्याम रोक्का मगरको सानदार प्रदर्शनमा काठमाडौं लगातार १० स्कोर गर्न सफल भयो।
घनश्यामको सुपर रेडमा काठमाडौंले ३ स्कोर गर्यो। लगतै उनले अर्को स्कोर गरे। यसपछि काठमाडौं विराटनगरलाई अल आउट गर्न पनि सफल रहयो।
यही क्रममा घनश्यामले अर्को सुपर रेडमा टिमलाई थप तीन अंक दिलाए। यो सँगै पहिलो हाफ २६-१९ को स्कोरमा सकियो।
दोस्रो हाफ प्रतिस्पर्धात्मक बन्यो। दोस्रो हाफको सुरूवात गर्दा काठमाडौंका घनश्याम कोर्टमा थिएनन्। यसको फाइदा उठाउँदै विराटनगरले अग्रतालाई जोगाइ नै रहयो।
तर खेलको ९ मिनेट बाकी छँदा घनश्याम कोर्ट प्रवेश गरेसँगै काठमाडौंको खेल उनमै निर्भर रहयो। उनले नै विराटनगरलाई अल आउट गर्दा खेल ३६-३३ मा पुग्यो। काठमाडौंले अग्रता तीन अंकमा झार्यो। अन्तिम ५२ सेकेन्डको खेल बाकी छँदा घनश्यामले दुई अंक जोड्दा खेल ४१-४१ को बराबरीमा पुग्यो।
सानदार कमब्याक गरेपनि २२ सेकेन्ड बाकी छँदा विराटनगरका नोफादोन पोन्टाइसङ एक्लै बाकी थिए। यो अवस्थामा उनले सुपर रेडबाट तीन स्कोर गर्दा विराटनगरलाई ४४-४२ मा पुर्याउँदै रोमाञ्चक शैलीमा टिमलाई जिततर्फ डोर्याए।
अन्त्यमा रेफ्रीले विराटनगरको एक अंक काटिदिए। तर पनि ४४-४३ को जितमा विराटनगरले ५ अंक जोड्यो।
यो खेलमा भारतीय प्रो कवड्डी लिग खेलेका काठमाडौंका घनश्यामले सर्वाधिक २८ स्कोर गरे। तर पनि टिमलाई जित दिलाउन सकेनन्। उनले टचबाट २३ र बोनसबाट ५ स्कोर गरे। विराटनगरको लागि नोफादोन पोन्टाइसङले टचबाट १४ र बोनसबाट ९ गरी कुल २३ स्कोर गरेका थिए।
विराटनगरले रेडबाट २८, ट्याकलबाट १२ रअल आउटबाट ४ स्कोर गर्यो। काठमाडौंले भने रेडबाट सर्वाधिक ३६ स्कोर गर्दा ट्याकलबाट ३ र अल आउटबाट ४ स्कोर गरेको थियो।
लगातारको दोस्रो जितमा विराटनगरले १० अंक बनायो। उसले हिको धनगढी वाइल्ड कमयाट्सलाई हराएको थियो। काठमाडौंको यो पहिलो हार हो। यसअयपहिलो खेलमा काठमाडौंले पोखरा लेकर्सलाई हराएको थियो। काठमाडौंले दुई खेलबाट ६ अंक बनाएको छ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन मंगलवार तोरण विक्रम शाही सानदार सुरुवात गर्दै ४ स्ट्रोकको अग्रता लिएका छन्। उनले ७-अन्डर ७५ को सानदार स्कोरमा दाबेदार निरज तामाङ र सञ्जय लामालाई ४ स्ट्रोकले पछि पारेका हुन्। गोकर्ण गल्फ क्लबमा तोरणले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्न्ट नाइनमा चार बर्डी प्रहार गरे। दोस्रो, तेस्रो, […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]