1 month ago
January 16, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- राष्ट्रिय पुरुष भलिबल टोलीका सदस्य नेपाल पुलिस क्लबको रविन चन्द र पहल गहतराजको जोडीले पुलिसकै चन्द्र कुवँर र सफल विकको जोडीको सामना गर्नेछ।
सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा जारी आठौं पुरुष राष्ट्रिय बिचमा बिहीवार रविन र पहलको जोडीले कोशीका दिनेश राई र दिवश श्रेष्ठको जोडीबाट बाई पाएर अन्तिम आठमा पुगेको हो।
चन्द्र र सफलको जोडीले सुदूरपश्चिम प्रदेशका सुरेश मल्ल र लोकेन्द्र चन्दको जोडीलाई हराउँदै २१-१२,२१-१७ ले हराउँदै अघि बढेको हो ।
दिनको अन्तिम खेलमा कडा चुनौतीकाबिच एपिएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडीले गण्डकी प्रदेशका विश्वास अधिकारी र राजु परियारको जोडीलाई २२-२०, १४-२१,१५-८ ले हराउँदै अघि बढ्यो ।
महेन्द्र र राजकुमारको जोडीले सेमिफाइनल प्रवेशका लागि कर्णाली प्रदेशका जयप्रकाश पुन र दीपक नेपालीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। जयप्रकाश र दीपकको जोडिले अन्तिम १६ मा बागमतीका निर्मल बजगाईं र उपेन्द्र तामाङको जोडीलाई २१-१०,२१-१३ ले हरायो ।
अन्य खेलमा त्रिभुवन आर्मी क्लबका टिकराज तामाङ र सूर्य परियारको जोडी, आर्मी कै दीनेश चन्द र महेश पन्तको जोडी, एपिएफका बलिराम चौधरी र रमेश विकको जोडी विजयी हुँदै र मधेश प्रदेशका विनय यादव र धिरेश यादवको जोडी बाई पाएर क्वाटरफाइनलमा पुगेको छ।
आर्मीका टिकराज र सूर्यको जोडीले बागमती प्रदेशका शैलेश क्षेत्री र यज्ञराज जोशीको जोडीलाई २१-१४,२१-११ ले , आर्मीका दीनेश र महेशको जोडीले कर्णालीका भाष्कर जंग र पाण्डव जंग शाहीको जोडीलाई २१-१९,१९-२१,१५-८ ले तथा एपिएफका बलिराम र रमेशको जोडीले मधेशका रौनक चौधरी र अनिष चौधरीको जोडीलाई २१- ९, २१-११ ले पराजित गर्यो।
मधेशका विनय र धिरेशको जोडीले गण्डकीका विवश आलेमगर र जीवन सुनारको जोडीबाट बाई पाएको थियो।
अर्को क्वाटरफाइनलमा आर्मीका टिकराज र सूर्यको जोडीले दीनेश र महेशको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै एपिएफका बलिराम र रमेशको जोडीले मधेशका विनय र धिरेशको जोडीसँग सेमिफाइनल पुग्नका लागि खेल्नेछ।
नेपाल भलिबल संघको वार्षिक कार्यक्रममा रहेको च्याम्पियनसिपलाई जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले आयोजना गरेको हो।
निरुता र नेविकाको जोडी क्वाटरफाइनलमा
राष्ट्रिय महिला भलिबल टोलीकी निरुता ठगुन्ना र नेविका चौधरी रहेको एपिएफको जोडी राष्ट्रिय बिच भलिबलको क्वाटरफाइनलमा पुगेको छ।
सातौं महिला राष्ट्रिय बिचमा बिहीवार निरुता र नेविकाको जोडीले बागमती प्रदेशका अनिता क्षेत्री र अनु तामाङको जोडीलाई २१-२,२१-२ ले हराउँदै अन्तिम आठमा पुगेको हो।
निरुता र नेविकाको जोडी सेमिफाइनल प्रवेशका लागि गण्डकी प्रदेशका सोइङ थापा र प्रतीक्षा सेनठकुरीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। अर्को अन्तिम १६ को खेलमा सोइङ र प्रतीक्षाको जोडीले सुदूरपश्चिमका पूजा ठकुराठी र सानु थापाको जोडी २१-१८,२१-१० ले हराएको थियो।
काभा बिच भलिबलको स्वर्ण पदक विजेता कमला पुन र मनिषा चौधरीको नेपाल पुलिस क्लबको जोडी, राष्ट्रिय टोलीका सदस्यद्वय पुलिसका पुनम चन्द र कामना विष्टको जोडी, एपिएफका रस्मिता दुरा र जस्ना महतोको जोडी, सुदूरपश्चिम प्रदेशका संगिता विष्ट र सरिता चन्दको जोडी, त्रिभुवन आर्मी क्लबका सुनिता राई र भावना डाँगीको जोडी तथा बागमतीको मिना जर्घामगर र सविना भुजेलको जोडी क्वाटरफाइनलमा पुगेको छ।
पुलिसका कमला र मनिषाको जोडीले एपिएफका गणिता चौधरी र पूर्णिमा चौधरीको जोडीलाई २१- ३, २१-४ ले पुलिसका पुनम र कामनाको जोडीले गण्डकीका काजल छन्त्याल र रेविका घर्तिमगरको जोडीलाई २१-१३,२१-१० ले तथा एपिएफका रस्मिता र जस्नाको जोडीले कर्णालीका रन्जना बुढा र रिमा गेलाङको जोडीलाई २१-१०,२१-१२ ले हराएको थियो।
त्यस्तै सुदूरपश्चिमका संगिता र सरिताको जोडीले कोशीको अन्जना लिम्बु र सुस्मिता लावतीको जोडीलाई २१-१३,२१-१७ ले, आर्मीका सुनिता र भावनाको जोडीले कोशीको रेजिना लिम्बु र कविता राईको जोडीलाई २१-१८,२१-४ ले तथा बागमतीको मिना र सविनाको जोडीले कर्णालीका सिता सिंह र पूर्णकला खत्रीको जोडीलाई २१-८,२१-१८ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो।
क्वाटरफाइनलमा कमला र मनिषाको जोडीले सुनिता र भावनाको जोडीसँग, संगिता र सरिताको जोडीले रस्मिता र जस्नाको जोडी तथा पुनम र कामनाको जोडीले मिना र सविनाको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। महिला र पुरुष दुवैतर्फको क्वाटरफाइनल र सेमिफाइनल शुक्रवार हुनेछ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत गरिने भएको छ । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा […]
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तान र युएइमा संयुक्त रुपमा आयोजना हुने च्याम्पियन्स ट्रफी २०२५ का सबै खेलको नेपालमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार प्रतियोगिताका सबै खेल आइसिसी डट टिभिमा प्रत्यक्ष प्रशारण हुने जनाएको हो । प्रत्यक्ष प्रसारण हेर्न एप स्टोर तथा प्ले स्टोरबाट आइसिसी टिभी डाउनलोड गर्नु पर्नेछ । पाकिस्तान […]