1 month ago
January 16, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहम हट्सपरलाई पराजित गरेको छ ।
आर्सनलले बिहीवार आफ्नो मैदानमा टोटनहमलाई २-१ गोलले पराजित गरेको हो । आर्सनलका लियान्ड्रो ट्रोसार्डले १ गोल र अर्को गोल आत्मघाती रह्यो । टोटनहमका लागि सन ह्युङ मिनले गोल गरे ।
खेलमा अग्रता टोटनहमले लियो । २५औं मिनेटमा सनले गोल गरे । ४०औं मिनेटमा टोटनहमका डोमेनिक सोलांकेको आत्मघाती गोलले खेलमा १-१ को बराबरी भयो । खेलको ४४औं मिनेटमा ट्रोससार्डले गरेको गोल आर्सनलको लागि निर्णायक बन्यो ।
जितसँगै २१ खेलमा ४३ अंकका साथ आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको लिभरपुल भन्दा आर्सनल ४ अंकले पछि छ । टोटनहम २१ खेलमा २४ अंकका साथ १३औं स्थानमा छ ।
बिहीवारका अन्य खेलमा न्युक्यासलले वल्भ्सलाई ३-०, क्रिस्टल प्यालेसले लेस्टर सिटी क्रिस्टललाई २-० र एस्टन भिल्लाले एभर्टनलाई १-० ले हरायो ।
February 27, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको आयोजना मिति दोस्रो पटक सरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय २१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद आयोजनाको नयाँ मिति तय गरेको छ। नयाँ मिति अनुसार २०८२ साल जेठ ३ देखि १० […]
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको आयोजक नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल जनाएको छ। सातदोबाटो स्थित नेपाल कराते एकेडेमीमा शुक्रवार सुरु हुने प्रतियोगिता तीन दिनसम्म सन्चालन हुनेछ ।प्रतियोगितामा महिला र पुरुषमा गरि १७ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सात वटै प्रदेशका र ३ विभागीय (सेना, […]