2 months ago
January 15, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- राष्ट्रिय महिला भलिबल टोलीका पुनम चन्द र कामना विष्टको जोडी समूह विजेताका रुपमा राष्ट्रिय बिच भलिबल प्रतियोगिताको अन्तिम १६ मा पुगेको छ।
सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा जारी सातौं महिला राष्ट्रिय बिचको समूह ‘ज’ नेपाल पुलिस क्लबका पुनम र कामनाको जोडीले कोशी प्रदेशका रेजिना लिम्बु र कविता राईको जोडीलाई २१-१६,२१-१४ ले हराउँदै विजेता बनेको हो ।
समूह क बाहेक सबै समूहमा दुई टोली रहेका छन् । पराजित भएको रजिना र कविताको जोडी पनि प्रि क्वाटरफाइनलमा पुगेको छ। राष्ट्रिय टोलीकी सदस्य एपिएफकी निरुता ठगुन्ना र नेविका चौधरीको जोडी सहज जितसहित नकआउट चरणमा पुगेको छ।
निरुता र नेविकाको जोडीले सुदूरपश्चिम प्रदेशका संगिता विष्ट र सरिता चन्दको जोडीलाई २१-३, २१-८ ले हरायो । ३ टोली रहेको समूह एबाट मधेश प्रदेशका भवानी कुमर र तोफा खातुनको जोडी बाहिरिएको छ।
भवानी र तोफाको जोडीलाई सुदूरपश्चिमका पूजा ठकुराठी र सानु थापाको जोडी र एपिएफका रस्मिता दुरा र जस्ना महतोको जोडी सँग २-० सेटमा पराजित भयो। पहिलो दिन पनि विजयी भएको रस्मिता र जस्नाको जोडी विजेता र भवानी र तोफाको जोडी उपविजेताका रुपमा अन्तिम १६ मा पुग्यो ।
समूह ङ को ३ सेटमा पुगेको खेलमा गण्डकी प्रदेशका सोइङ थापा र प्रतीक्षा सेनठकुरीको जोडीले कर्णालीका रन्जना बुढा र रिमा गेलाङको जोडीलाई १९-२१,२१-१२, १५-१२ ले हरायो।
‘क’ बाहेक सबै समूहमा विजयी जोडी समूह विजेता र पराजित जोडी उपविजेताका रुपमा अघि बढेको छ। काभा बिच भलिबलको स्वर्ण पदक विजेता जोडी कमला पुन र मनिषा चौधरी पहिलो दिनको जितबाटै समूह ‘ग’को विजेता बनिसकेका छन् ।
पुलिसका रविन र पहलको जोडी पराजित
राष्ट्रिय पुरुष टोलीका रविन चन्द र पहल गहतराजको जोडी अन्तिम १६ मा बाई पाएर क्वाटरफाइनलमा पुगेको छ।
समूह चरणमा त्रिभुवन आर्मी क्लबका दिनेश चन्द र महेश पन्तको जोडीसँग २१-१०,२१-१३ ले पराजित भएपछि रविन र पहलको जोडी समूह च को उपविजेता बनेको हो।
समूह खमा कोशीका दिनेश राई र दिवश श्रेष्ठको जोडी सहभागी नभएपछि रविन र पहलको जोडीले सोझै क्वाटरफाइनलमा पुगेको छ ।
बागमती प्रदेशका निर्मल बजगाईं र उपेन्द्र तामाङको जोडीले पनि सिधै क्वाटरफाइनल खेल्नेछ । समूह छमा विवश आलेमगर र जीवन सुनार उपस्थित नभएपछि निर्मल र उपेन्द्रको सोझै क्वाटरफाइनल खेल्नेछ।
आठौं पुरुष राष्ट्रिय बिचमा समूह क र ज बाहेक सबै समूहमा २ टोली मात्र रहेका छन् । समूह क बाट सुदूरपश्चिमका बरुण ठगुन्ना र नवराज धामीको जोडी प्रतियोगिताबाट बाहिरिएको छ । त्यो समूहबाट त्रिभुवन आर्मी क्लबका किकराज तामाङ र सूर्य परियारको जोडी २ खेल जित्दै विजेताका रुपमा अन्तिम १६ मा पुग्यो ।
आज बिहान बरुण र नवराजको जोडीलाई २२-२०,२१-१४ ले हराएको किकराज र सूर्यको जोडीले दिउँसो पुलिसका चन्द्रा कुँवर र सफल विकको जोडीलाई २१-१८,२१-१८ ले हराएको थियो। पहिलो दिन जितेको चन्द्र र सफलको जोडी उप विजेताका रुपमा नकआउट चरण पुगेको छ।
समूह जमा पहिलो खेल जितेको एपिएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाकोको जोडीले तथा मधेशका रौनक चौधरी र अनिष यादवको जोडीले कोशी प्रदेशका भरत यादव र इब्राहिम आलमको जोडी बाट वाकओभर पायो।
आज समूह ङमा सुदूरपश्चिमका सुरेश मल्ल र लोकेन्द्र चन्दको जोडीले बागमतीका शैलेन्द्र क्षेत्री र यज्ञराज जोशीको जोडीलाई २-० ले हरायो। समूह घना एपिएफका बलिराम चौधरी र रमेश विकको जोडीले गण्डकीका विश्वास अधिकारी र राजु परियारको जोडीलाई २१-१०, २१-१७ ले पराजित गरेको छ।
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]