4 months ago
January 15, 2025
सुमन अधिकारी,बुटवल
बुटवलमा भएको दसौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको ब्वाइज र गर्ल्स दुवैको टिम इभेन्टको उपाधि कीर्तिपुरको आर्दश विद्या मन्दिर (एभिमएम) जितेको छ।
ब्वाइजमा जयाश्नु मर्हजन, प्रजिल भट्टराई र स्वर्णीम शाक्य तथा गर्ल्समा श्रेया शाक्य र अर्सना महर्जनको जोडी च्याम्पियन भएको हो ।
ब्वाइजमा वासरा सेकेन्डरी स्कुलका रिजन शाक्य र बच्चन विष्टको जोडी दोस्रो भयो ।
न्यु होराइजन इंग्लिस बोर्डिङ स्कुलका रिजन खड्का, सरोज ज्ञवाली, निश्चल भण्डारी, सुविन क्षेत्री र सुविन थापा तथा गार्गी एकेडेमी, बुटवलका विवस भट्ट, अंकित बराल, पुस्कर रायमाझी, सुजल आचार्य र सफल थापा संयुक्त रुपमा तेस्रो भयो ।
शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा गर्ल्स टिममा प्रभात इंग्लिस स्कूलकी सेफिना कोजु र अरवी सुवालको जोडी दोस्रो भयो।
दिप बोर्डिङ स्कुलकी रेजिना थापा, मनु गिरी, जेनिशा लम्साल, परिनिति गिरी र साचिना तथा गार्गी एकेडेमी बुटवलकी रितु सुनार, आश्था थापा, सुप्रिया खरेल, सोनाम गुरुग र राशि बराल टोली तेस्रो भयो ।
प्रतियोगितामा यु १६ गर्ल्स सिंगलतर्फ एभिएमकी अर्शना महर्जन विजयी भइन् । उनले फाइनलमा आफ्नै स्कुलकी श्रेया शाक्यलाई हराइन् । प्राइम ग्लोबल स्कूलकी प्रजना महर्जन र सेन्ट म्यारिज स्कूलकी सुर्मया शाक्य तेस्रो भए ।
यु १६ ब्वाइज सिंगलको फाइनलमा एभिएका प्रजिल भट्टराईले आफ्नै स्कुलका जयाश्नु महर्जनलाई हराए। वासराका रिजन शाक्य र बच्चन विष्ट तेस्रो भए।
पुष्पा सदनका सफल मर्हजन, मोर्डन इंग्लिसका भेरोन मर्हजन, एभरेष्ट बुटवलका श्याम्युल थापा, बुटवल इलिट इंग्लिसका कुसल थापा, एपेक्स बुटवलकी रोशनी भण्डारी, जनसेवाकी आरती पाण्डे र लुम्बिनी बोर्डिङकी श्रेशा ज्ञवाली प्रतियोगिताको उदीयमान खेलाडी घोषित भए ।
बुधवार सकिएको दुई दिने प्रतियोगितामा काठमाडौंसहित ११ स्कुलका २ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको सोफेसका अध्यक्ष रामकृष्ण महर्जनले जानकारी दिए। । प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले मात्र भाग लिएका थिए।
प्रतियोगितामा गर्ल्स / ब्वाइज सिंगल्स तथा टिम गरी ४ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । सोफेसले पहिलो पटक काठमाडौं बाहिर प्रतियोगिताको आयोजना गरेको हो । जसको व्यवस्थापन बुटवलको न्यु होराइजन बोर्डिङ स्कुलले गरेको थियो ।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]