4 months ago
January 14, 2025
सुमन अधिकारी,बुटवल
बुटवलमा अर्को महिना सर्वाधिक पुरस्कार राशीको प्रथम अल नेपाल ओपन स्नुकर च्याम्पियनसिप हुने भएको छ ।
नेपाल बिलियाड्र्स स्नुकर एन्ड पुल एसोसिएसन रुपन्देही र खस्यौली स्नुकर क्लबको आयोजनामा फागुन १२ गते देखि स्नुकर प्रतियोगिता गर्न लागिएको एसोसियसनका अध्यक्ष सुजल पुनले बताएका छन् ।
सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा हुने प्रतियोगितामा देशभरबाट १ सय २८ खेलाडीले भाग लिने अध्यक्ष पुनले बताए ।
प्रतियोगिताको विजेताले ३ लाख ३ हजार, दोस्रोले १ लाख १ हजार रुपैयाँ र हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
सेमिफाइनलमा पुग्ने खेलाडीलाई १० हजार रुपैयाँ, राइजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट प्रदान गरिने जनाइएको छ ।
नेपालमा हालसम्म काठमाडौंमा भएको प्रतियोगिताका विजेतालाई २ लाख ५५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको र त्यो रेकर्डलाई तोड्दै बुटवलमा नेपालकै सर्वाधिक राशीको प्रतियोगिता आयोजना गर्न लागेको दावी अध्यक्ष पुनले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
खेल संयोजक विजय गुरुङका अनुसार बुटवल बाहिरबाट आउने खेलाडीहरूलाई आवासको व्यवस्था आयोजकबाट गरिने छ । प्रतियोगिता अधिकतम १० दिनसम्म सञ्चालन हुने संघले जनाएको छ ।
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]
May 2, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुकरात टाइटन्सले सनराइजर्स हैदरबादलाई जितको लागि २ सय २ २५ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस जितेर सनराइजर्सले गुजरातलाई पहिले ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले पहिलो विकेटको लागि […]