default_image

3 months ago

January 14, 2025

सुकुटेमा राष्ट्रिय बिच भलिबल सुरु हुँदै

551 views

0 Bookmark

सुकुटे/ सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- राष्ट्रिय बिच भलिबल च्याम्पियनसिप आज सुरु हुँदैछ।

चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटे स्थित भोटेकोशी बिच रिसोर्टमा हुने च्याम्पियनसिपको पूर्व प्रधानमन्त्री एवंम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्।

नेपाल भलिबल संघको वार्षिक कार्यक्रममा रहेको च्याम्पियनसिपलाई जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ आयोजना गरेको हो। यो महिलातर्फको सातौं र पुरुषतर्फको आठौं राष्ट्रिय च्याम्पियनसिप हो ।

५ दिन सम्म चल्ने च्याम्पियनसिपमा ६ प्रदेश र ३ विभागका गरि महिला १७ र पुरुषमा १८ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुवैतर्फ समान ८ समूहमा विभाजन गरिएको छ।

सहभागी टोलीका प्रशिक्षक र व्यवस्थापकको उपस्थितिमा समूह विभाजन गरिएको थियो। सहभागी टोलीहरु सोमवार नै सुकुटे आइसकेका छन्।

पहिलो दिन दिउँसो १ बजे खेल सुरु हुने बताइएको छ। त्यसअघि उद्घाटन कार्यक्रम हुनेछ। च्याम्पियनसिपमा दुई वटा कोर्टमा खेलाइनेछ। च्याम्पियन्सको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।

March 30, 2025

आइपिएलमा आज दुई खेल हुदै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दुई खेल हुदैछ । आइतवारको पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच खेल हुदैछ । दिल्लीको दोस्रो घरेलु मैदान विशाखापटनममा नेपाली समय अनुसार आइतवार दिउँसो ३ः४५ मा सुरु हुदैछ । १ खेल मात्र खेलेको दिल्लीले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो । दिल्लीले लखनउमाथि १ विकेटको […]

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

Success

Thank you for your time.