default_image

3 months ago

January 4, 2025

इन्डो नेपाल भलिबल – पुलिस र आर्मीको जित

1634 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को चौथो दिन शनिवार,नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लब र भारतको गुजरात भलिबल‌ एसोसिएसन विजयी भएका छ ।

गुजरातले नेपाल एपिएफ क्लबलाई ३-१ सेटमा पराजित गरेको छ । एपिएफले पहिलो सेट २५-२१ ले जिते पनि लगातार तीन सेटमा हार बेहोर्दै खेल गुमाउन पुग्यो ।एपिएफले १८-२५, १५-२५ र १८-२५ ले लगातार तीन सेट गुमाएको थियो ।

आजै भएको दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लबलाई ३-१ ले पराजित गर्यो ।

पहिलो सेट २५-१५ ले जितेको पुलिसले दोस्रो सेट २०-२५ ले गुमाएको थियो । त्यसपछिका दुई सेटमा २५-२० र २५-१८ को जितका साथ पुलिसले खेल आफ्नो पक्षमा पार्यो ।

शनिवारको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले गलकोट भलिबल क्लबलाई पराजित गर्यो । गलकोटमाथि आर्मीले ३-० को सोझो सेटमा जित हात पार्यो । आर्मीले २५-२१, २५-२३ र २५-१९ ले आफ्नो पक्षमा ल्यायो ।

पुस २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रो टोलीले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रुपैयाँ पाउनेछ।

March 30, 2025

आइपिएलमा आज दुई खेल हुदै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दुई खेल हुदैछ । आइतवारको पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच खेल हुदैछ । दिल्लीको दोस्रो घरेलु मैदान विशाखापटनममा नेपाली समय अनुसार आइतवार दिउँसो ३ः४५ मा सुरु हुदैछ । १ खेल मात्र खेलेको दिल्लीले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो । दिल्लीले लखनउमाथि १ विकेटको […]

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

Success

Thank you for your time.