2 months ago
December 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष कबड्डी टोलीका कप्तान घनश्याम रोका मगर सम्मिलित हरियाणा स्टिलर्सले भारतको प्रो कबड्डी लिगको उपाधि जितेको छ ।
पुनेमा आइतबार भएको फाइनलमा पटना पाइरेट्सलाई ३२-२३ को अन्तरले हराउँदै हरियाणाले उपाधि जितेको हो । गत सिजन फाइनलमा पराजित भएको हरियाणाले यसपटक भने उपाधि जित्न सफल भयो ।
नेपालका कप्तान घनश्यामको हरियाणासँग यो दोस्रो सिजन हो । गत सिजन ५ खेल खेलेका उनले यस सिजन भने २ खेल मात्र खेल्न पाए । यस सिजन उनले ३ रेड अंक जोडेका थिए । उनलाई सिजनको सुरुवातमा हरियाणाले १५ लाख ५० हजार भारतीय रुपैयाँ खर्चेर रिटेन गरेको थियो ।
घनश्यामले अब नेपाल कबड्डी लिगमा सहभागिता जनाउनेछन् । उनी काठमाडौं म्याभरिक्सका मार्की खेलाडी चुनिएका छन् ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]