16 hours ago
December 27, 2024
भुपेन्द्र जि.सी.
भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहली वर्तमान समयका एक उत्कृष्ट ब्याटर हुन् । तर मैदानमा देखाउने अस्वभाविक ब्यवहार र सेलेब्रेसनले उनका आलोचक पनि त्यतिनै छन् । उनले बिहीबार अष्ट्रेलियाविरुद्ध चौथो टेस्ट खेलमा मेलबर्न रंगशालामा १९ वर्षीय ब्याटर साम कन्स्टाविरुद्ध डेब्यू खेलमै गरेको व्यवहार चर्चामा छ ।
अष्ट्रेलियाले कोन्स्टासलाई आश्चर्यजनक निर्णय लिँदै भारतविरुद्ध चौथो र पाँचौं टेस्टमा टोलीमा समेटेको थियो । अर्का ओपनर नाथन मक्स्विनीले सुरुवाती तीन टेस्टमा राम्रो गर्न नसक्दा उनको बाटो खुलेको थियो । डेविड वार्नरको सन्न्यासपछि अष्ट्रेलिया शीर्षक्रममा आक्रामक ब्याटरको खोजीमा छ । नोभेम्बर अन्तिममा अभ्यास खेलमा प्रम-११ बाट भारतविरुद्ध शतक हानेका थिए । अष्ट्रेलियाका छनोटकर्ता जर्ज बेलीका अनुसार उनलाई मौका दिनुको मुख्य कारण ब्याटिङ इन्टेन्ट (खेल्ने स्वभाव) हो ।
विश्व टेस्ट वरीयता नम्वर वान तथा वर्तमान समयका उत्कृष्ट बलर जस्प्रित बुमराह पहिलो बलको सामना गर्दै उनले आफ्नो टेस्ट यात्रा सुरु गरेका थिए । पहिलो ओभर मेडन राखेका बुमराहको दोस्रो ओभरमा उनले राम्प सटको प्रयास गरे । जुन बुमराहविरुद्ध ब्याटरले विरलै खेल्ने गर्दछन् । निडर रुपमा खेल्ने र्याम्प र रिभरस्कुप उनका चर्चित सट हुन् । आफ्ना प्रिय सटमा दुई पटक असफल भएपनि तेस्रो प्रयासमा बुमराहलाई चौका हानेका थिए ।
सातौं ओभरको पहिलो बलमा स्कुपमा किपरको पछाडि स्वीप खेल्दै चौका हाने । लगत्तै अर्को बलमा रिभर्सस्वीप खेल्दै थडमा छक्का हाने । बुमराहले ४ हजार ४ सय ८३ टेस्ट बलपछि छक्का खान पुगे । पछिल्लो पटक उनलाई टेस्टमा छक्का सन् २०२१ मा सिड्नीमा अष्ट्रेलियाका क्यामरन ग्रिनले हानेका थिए ।
त्यसै ओभरकाे पाँचौं बलमा पुन उनले चौका हाने । बुमराहमाथि नै हाबी बनेपछि भारतीय खेलाडीमा हलचल मच्चिएको थियो ।मोहम्मद शिराज प्रदर्शन कम र अनावश्यक झगडा बढी गर्ने खेलाडी हुन् । शिराजले साम कन्स्टासलाई पनि छाडेनन् । तर त्यो जवाफमा नवौं ओभरमा उनले चौका हानेका थिए । नवौं ओभरको अन्त्यपछि साम कन्स्टा पिचको छेऊबाट उस्मान खवाजा भएको स्टम्पतर्फ लागेका थिए ।
उनी हातमा गल्भ्स मिलाउँदै आफ्नै ध्यानमा हिँडेका थिए । तर ब्याकवार्ड स्क्यार लेगतर्फबाट आएका कोहली सरासर नदेखे जस्तै गरि अघि बढ्छन् । ब्याटर हिडेको पिचको छेऊबाट फिल्डर प्राय हिँड्दैनन् । विस्तारै बाङ्गो हिँड्दै उनी साम कन्स्टास भएतर्फ आए । बलरलाई बल दिने निहुमा नदेखे जस्तै गरेर काँधले ठक्कर दिए । काँघले हानेको हेर्दा नै कोहलीले जानाजान हानेको स्पष्ट देखिन्छ ।
उक्त ठक्कर दिएर केही अघि बढेपछि लाजै नमानी थाहा नपाएजसरी ब्याटरसँग बहस गर्न थाल्छन् । सामले उनलाई केही जवाफ दिन्छन् । तर खवाजाले दुवै खेलाडीलाई सम्झाउछन र भनसुन धेरै समय हुन दिदैनन् ।
३६ वर्षीय कोहलीले आफ्नो करिअरको अन्तिम समयमा छन् । सामले सुरुवात गरेका छन् । पहिलो इनिङमै अष्ट्रेलिया १९ वर्षीय खेलाडीसँग आत्तिनु र उक्त हर्कत देखाउनु लाजमोर्दो व्यवहार हो । कोहलीले यस्तो गर्नुमा तीन कारण छन्, एउटा हो उनको फोकस भंग गर्दै आक्रोशित गराउने र खराब सट खेल्दै आउट गर्नु । अर्को उनको खराब लय र तेस्रो जित्नै पर्ने दबाब ।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२५ को फाइनल खेल्न भारतले अष्ट्रेलियाविरुछ अन्तिम दुई खेल जित्नै पर्ने हुन्छ । पहिलो टेस्ट जितेपनि दोस्रो टेस्टमा व्यहोरेको लज्जास्पद हार र तेस्रो खेलमा खराब प्रदर्शनका बाबजुद वर्षाले साथ दिदा अंक बाँड्नु । अष्ट्रेलियाले पछिल्ला दुई टेस्टमा गरेको प्रदर्शनले भारतको होस नै उडेको छ ।
पहिलो टेस्टको दोस्रो इनिङमा शतक हानेका कोहली त्यसपछि ११, ७ र ३ रनमा आउट भएका छन् । यदि भारत टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न सक्दैन भने कोहली र रोहित शर्माले सन्न्यास लिनुपर्ने दबाब भारतीय क्रिकेटमा छ ।
उक्त घटनापछि साम कन्स्टान्स खेलमा झनै केन्द्रित भए । १० औं ओभरमा बुमराहलाई १८ रन हान्दै कोहली राम्रो जवाफ दिए । बुमराहले आफ्नो टेस्ट करिअरमा पहिलो पटक १८ रन र दुई छक्का भेटे ।
२० औं ओभरमा रविन्द्र जडेजाको बलमा उनी ६० रनमा एलबीडब्लू आउट भएपनि अष्ट्रेलियालाई ड्रिम सुरुवात र मोमेन्टम दिन सफल भए । मेलबर्नमा भरिभराउ दर्शकले आउट भएर फर्किनेक्रममा उनलाई उठेर दिएको सम्मान शतक प्रहार भन्दा कम थिएन ।
अष्ट्रेलियाका पूर्व सफल विश्वकप विजेता कप्तान रिकी पोन्टिङ कोहलीले जानीजानी उक्ट हर्कत गरेको बताउँछन् । ‘विराट कहाँ हिड्छन् त्यो हेर्नुहोस् । विराट आफ्नो दायाँ र इन्स्टिगामा एक पूरै पिच माथि हिँडे। कोहलीले जानीजानी गरेका हुन् भन्नेमा मेरो मनमा कुनै शंका छैन’, उनले भने ।
भारतीय पूर्व प्रशिक्षक रवि शास्त्रीले पनि कोहलीलेको आलोचना गरेका छन् ।
‘कोहलीको याे हर्कत आवश्यक छदैछैन । कोहली एक सिनियर खेलाडी र कप्तान भई सकेका छन् । यस घटनामा कोहलीको आफ्नै ब्याख्या होला । तर जुन भयो त्यो उनीबाट देखिनु हुँदैन, शास्त्रीले भनेका छन् ।
जस्प्रित बुमराहले भारतविरुद्ध पछिल्ला दुई टेस्टमा लगातार शतक हानेका ट्रविस हेडलाई शून्यमा बोल्ड आउट गरे । बुमराह बल पढ्नमा गल्ती गरेपछि उनी बोल्ड भएका थिए । हेड भारतीय क्रिकेटमाथि लगातार हाबी हुँदै आएका छन् । जस अनुसार हेडको विकेटमा बुमराह अत्याधिक खुसी र उत्कृष्ट सेलेब्रेसन गर्नुपर्ने थियो । तर उनले सामान्य सेलेबेस्रन र खुसी मनाए ।
भारतीय पूर्व अलराउण्डर मोहम्मद कैफले पनि घुमाउरो शैलीमा कोहलीको आलोचना गरेका छन् ।
‘हेडको विकेटमा बुमराह । आक्रोश पनि थिएनन् । मात्रै एक मुस्कान थियो । बच्चाहरु बुमराहबाट सिक्नुहोस् । आफ्नो रोलमोडल सोचबुजका साथ छान्ने गरौं’, कैफले भनेका छन् ।
इफरान पठानले पनि कोहलीको आलोचना गरेका छन् । ‘यदि स्टिभ स्मिथ हाम्रो १९ वर्षीय डेब्यू गरेका खेलाडीलाई आएर यसरी धक्का दिन्थे भने के हामीलाई त्यो मन पर्दथ्यो ? पक्कैपनि मन पर्दैन । यो पनि त्यहीँ हो ।’
आईसीसीको आचार संहिता लेभल-२ को गल्ती अनुसार कारबाही हुने हुँदा उनलाई आगामी खेल प्रतिबन्ध हुनसक्ने क्रिकेट विश्लेषक र पूर्वक्रिकेटरले गरेका थिए । तर उक्त टेस्ट खेलमा म्याच रेफ्रीको जिम्मेवारी पाएका जिम्वाबेका एन्डी पाइक्राफ्टले लेभल-१ को गल्ती बताउँदै १ डेमिरिट अंक र २० प्रतिशत म्याच फी को जरिवना लगाएका छन् ।
खेलाडीमाथिको हातपात आइसीसीको आँचार संहिता २ अन्तर्गत गर्दछ । तर आईसीसीले कोहलीको घटनालाई लेभल १ भन्दै २० प्रतिशतम म्याच फि जरिवना र १ डेमिरिट अंक दिएको छ ।
यस्तै घटनामा सन् २०१८ मा दक्षिण अफिकामा तीव्र गतिका बलर कागिसो रबाडालाई लेभल २ को आचार संहिता उलङ्घन गल्ती गरेको भन्दै म्याच फिको ५० प्रतिशतक रकम जरीवना र ३ अंक डेमिरिट प्वाइन्ट दिएको थियो ।
दोस्रो टेस्टको पहिलो इनिङमा स्टिभ स्मिथलाई ५२ औं ओभरमा एलबीडब्लू आउट गरेपछि रबाडाले सेलेब्रेसन गर्नेक्रममा सोल्डरले नै धक्का दिएका थिए ।
कोहलीको सोही किसिमको घटनालाई भने आइसीसीले लेभल १ को गल्ती भन्दै २० प्रतिशत म्याच फि र एक डेमिरिट अंक दिएको छ । यसबाट कारबाहीमा पनि आइसीसीको विभेद देखिन्छ । यो डेमिरिट प्वाइन्ट २४ महिनासम्म गणनामा रहनेछ । कुनैपनि खेलाडीको २४ महिनाभित्र ४ डेमिरिट प्वाइन्ट भएमा एक टेस्ट वा दुई सिमित ओभरको खेलमा प्रतिबन्ध लाग्ने गर्दछ ।
क्रिकेट भद्रभलाद्मीको खेल हो । कोहलीले जस्ता सफल ब्याटरले युवा खेलाडीमा खेल भावना प्रेरणा मिल्ने क्रियाकलाप मैदानमा गर्नुपर्ने हो । तर कोहलीले विश्व क्रिकेटसामु अशोभानीय काम गरे ।
December 27, 2024
मेलम्ची (हाम्रो खेलकुद)– नेपाल गोजु–रियो कराते–दो सघं शाखा डोजो मेलम्चीको आयोजनामा अर्को महिना राष्ट्रिय खुला कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ ४ र ५ गते मेलम्चीमा हुनेछ । खेलकुद माध्यमबाट मेलम्ची नगरपालिकालाई र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता आयोजक समितिका संयोजक एवम् नेपाल गोजु–रियो कराँते–दो सघंका […]
December 27, 2024
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं आफूले जे बोल्यो त्यहि सहि र जहाँ उभियो त्यहि ठाँउ ठिक सोच्ने नेपाली खेलकुदको एउटा प्रवृत्ति नै छ । अनेक तानावाना बुनेर पदमा टिकी रहनेहरुको उदाहरण नेपाली खेलकुदमा पर्याप्त छ । उनीहरुलाई लाग्छ आफू विना खेल संघ र खेल अघि बढ्नै सक्दैन । त्यसको एउटा उदाहरण हुन् नेपाल ओलम्पिक कमिटी […]
December 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिता सुरु भएको छ । लिग अन्तर्गत पहिलो दिन ६ वटा खेलहरु सम्पन्न भएको छ । शुक्रवार भएका ६ खेलमा किंग्स क्रिकेट एकेडेमी, हसनटार युथ क्लब, स्टुडियो सेभेन, चक्रवर्ती ल कलेज र नवज्योति युवा परिवार विजयी भएका छन् । काठमाडौंको स्युचाटारस्थित तारकेश्वर युवा […]