default_image

4 months ago

December 24, 2024

एभिएम टेबल टेनिसलाई तिभारको प्रायोजन

756 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टेबल टेनिसको सफल क्लब एभिएम टेबल टेनिस क्लबलाई विश्व परिचित खेल सामाग्री निर्माणकर्ता तिभारले प्रायोजन गरेको छ ।

आदर्श विद्या मन्दिर (एभीएम) स्कुलमा अवस्थित एभीएम टेबल टेनिस क्लब नेपालको सबैभन्दा सफल टेबल टेनिस क्लबमध्य एक हो । नेपालको राष्ट्रिय टोलीमा खेल्ने खेलाडी उत्पादन देखि घरेलु च्याम्पियन उत्पादन गरेको यस क्लबलाई टेबल टेनिस वृत्तमा खेल सामाग्रीका लागि सुपरिचित तिभारले लगातार दोस्रो वर्ष प्रायोजन सम्झौता गरेको छ ।

पछिल्लो वर्षदेखि सुरु भएको प्रायोजनबाट सकारात्मक नतिजा आएपछि तिभार र क्लबबीच प्रायोजन नविकरणका लागि सम्झौता भएको हो । तिभारले कुल १० लाख रुपैयाँभन्दा बढिको प्रायोजन गरेको हो ।

सम्झौता अनुसार तिभारले क्लबका खेलाडीलाई आवश्यक विश्व स्तरीय सामाग्री उपलब्ध गराएर सहयोग गर्नेछ । सन् २०२४/२५ सिजनका लागि तिभारले ३ खेलाडीलाई पूर्ण प्रायोजन गर्नेछ । तिभारले ब्याट, जुत्ता, मोजा, रबर, लुगा लगायत सामाग्री खेलाडीलाई उपलब्ध गराएको हो । छनोट भएका खेलाडीमा १९ औं एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका रुविन महर्जन, इभाना थापा र सिक्का सुवाल श्रेष्ठ रहेका छन् ।

यस प्रायोजनले क्लबका खेलाडीको हौसला बढ्नुका साथै विश्व स्तरीय सामाग्रीको प्रयोगले खेलमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास क्लबले लिएको छ । आउने दिनमा थप राम्रो नतिजा दिँदै तिभारले गरेको यस सहयोग आगामी दिनमा थप बढ्नेमा क्लब आशावादी रहेको छ ।

विद्यालयकी प्रधानाध्यापिका सुजिता मानन्धरले टेबल टेनिसको माध्यमबाट विद्यालयको बेग्लै पहिचान रहेको जानकारी दिइन् । ‘हामीले टेबल टेनिसबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गरेका छौं । यसका लागि टेबल टेनिस क्लबले निकै मिहिनेत गरेको छ । हामीले सरकारबाट अन्तर्राष्ट्रिय स्तरको सहभागितामा साथ नपाउँदा केही तितो अनुभव छ । तर त्यसमा पूर्व विद्यार्थी लगायतले सहयोग गर्नुभएको छ,’ मानन्धरले भनिन् ।

क्लबका मुख्य प्रशिक्षक पुरूषोत्तम बज्राचार्यले नेपाली टेबल टेनिसको इतिहासमा एभिएमले दिएको योगदानमा आफूले इँटा थप्ने काम गरेको बताए । ‘दशकौंदेखि एभिएमले नेपालको टेबल टेनिसमा प्रभाव छोडेको छ । म आफैं आवद्द भएको २३ वर्ष पुगेछ । पछिल्लो वर्षमा पाभेल रेहोरेकको सहयोगले हामी पूर्वाधार थप बलियो बनाउन सहयोग गेरेको छ । अब हामी विद्यालयबाट उठेर व्यावसायिक क्लबको भूमिकामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्पर्धा गर्नेछौं,’ बज्राचार्यले जानकारी दिए ।

प्रायोजन पाएका खेलाडीमध्य सिक्का सुवालले यस प्रायोजनले खेलाडीलाई ढुक्कले खेल्ने वातावरण सिर्जना भएको बताइन् । ‘ यो प्रायोजनले हामीलाई निकै सहयोग गर्छ । एक त सामाग्री किन्नुपर्ने आर्थिक भार भएन । सँगसँगै स्तरीय सामान पाउँदा खेलमा पनि सहयोग पुग्छ,’ सुवालले बताइन् ।

क्लबमा हाल दैनिक ६० विद्यार्थीले प्रशिक्षण गर्दै आएका छन् । यसबाहेक ४० जना बाहिरका प्रशिक्षार्थीले पनि नियमित प्रशिक्षण गर्दै आएका छन् । हाल क्लबमा ६ प्रशिक्षक नियमित कार्यरत छन् । विद्यालय स्तर प्रतियोगिता आयोजना गर्दै आएको क्लबले अन्य यस्ता प्रतियोगितामा पनि सफलता प्राप्त गर्दै आएको छ ।

May 3, 2025

गुजरातले हैदराबादलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]

May 2, 2025

राष्ट्रिय महिला हक्की – गण्डकीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]

May 2, 2025

इरानी टोली सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको‌ टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]

Success

Thank you for your time.