default_image

4 months ago

December 15, 2024

हेल्प नेपाल र क्यालिकटका खेलाडीलाई नगदसहित सम्मान

7079 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काभा मेन्स क्लब भलिबल च्याम्पियनसिपको उपविजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबको समन्वयमा प्रतियोगितामा उच्च प्रदर्शन गर्ने खेलाडीलाई क्लबका प्रायोजकले नगदसहित सम्मान गरेको छ ।

हेल्प नेपालको सह प्रायोजक समेत रहेको एभरेष्ट हर्ब्स प्रालिका संचालक विक्की गोएन्काले हेल्प नेपालका ५ खेलाडी तथा उपाधि विजेता क्यालीकट हिरोजका २ सहित कुल ७ खेलाडीलाई जनही ५१ हजार रुपैयाँले सम्मान गरे । फाइनलकै साँझ क्लबको आयोजनामा भएको एक कार्यक्रममाझ खेलाडीलाई सम्मान गरिएको हो ।

हेल्प नेपालका रविन चन्द, विनोद चन्द र सफल विकसँगै पाकिस्तानी खेलाडीद्वय मुबसर राजा र माझर अलीलाई गोएन्काले जनही ५१ हजार रुपैयाँले सम्मान गरेका हुन् । क्यालिकटका स्पाइकर विनित कुमार र मुथु अप्पवुलाई पनि उनले जनही ५१ हजार रुपैयाँले सम्मान गरे ।

हेल्प नेपालले उक्त कार्यक्रममा प्रतियोगितामा सहभागी भएका सम्पूर्ण खेलाडीको पारिश्रमिक वितरण गरेको थियो । सँगसँगै क्लबको ऐतिहासिक अन्तर्राष्ट्रिय सहभागितामा सहकार्य गरेका सम्पूर्ण प्रायोजकलाई पनि मायाको चिनो प्रदान गरिएको क्लबका महासचिव अरुण श्रेष्ठले जानकारी दिए ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

Success

Thank you for your time.