4 months ago
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका पूर्व कप्तान इम राना मगरले अन्तर्राष्ट्रिय भलिबलबाट सन्न्यास लिएका छन्।
काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा फाइनलमा दौरान इनले औपचारिक रुपमा अन्तर्राष्ट्रिय भलिबलबाट सन्न्यास लिएका हुन् । सन्न्यास लिने क्रममा इमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दमे इमलाई कोट लगाइदिदै, एक लाख रुपैयाँ र सम्मान पत्र प्रदान गरे ।
नेपाली भलिबलका सर्वाधिक सफल कप्तान इमले खेलाडीका रुपमा दुई दशक भन्दा बढी समयदेखि सक्रिय छन् । उनकै कप्तानीमा नेपालले २०७३ सालमा सेन्ट्रल जोन काभा भलिबल च्याम्पियनसिपमा कास्य पदक जितेको थियो।
नेपाली पुरुष भलिबल टोलीले जितेको यो अहिलेसम्मकै एक मात्र अन्तराष्ट्रिय पदक हो। सन् २००६ बाट झन्डै डेढ दशक उनले राष्ट्रिय टोलीबाट खेलेका थिए।
पछिल्लो पटक चीनको हवाङचाउमा भएको एसियन गेम्समा उनको नाम रहेपनि उनी बन्द प्रशिक्षणमा सहभागी भएनन् । यसयता उनले राष्ट्रिय टिमबाट खेलेका छैनन। आज औपचारिक रूपमा राष्ट्रिय टिमबाट उनले बिट मारे।
नेपाल पुलिस क्लबका कप्तान समेत रहेका सेटर इमले घरेलु भलिबल लाई भने केहि समय निरन्तरता दिने बताएका छन् ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]