3 months ago
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को शनिवारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका छन् ।
यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ । पराजित हुने टोलीको पनि अंक गणितीय सम्भावना कायमै रहनेछ ।
बिहीवार विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको टोलीमा पोखराको टोलीमा ३ परिवर्तन भएको छ । विराटनगरविरुद्ध खेलेका किरण ठगुन्ना, तृत राज दास र जेन मल्लिक बेन्चमा रहँदा आकर्षित गोमिलले एनपिएल डेब्यु गरेका छन् । पोखराका लागि दिलिप नाथ र आकाश चन्द टिममा फर्किएका छन् ।
पोखरा एभेन्जर्सको प्लेइङ-११
कुशल भुर्तेल, आकाश चन्द, सागर ढकाल, दिनेश खरेल, माईकल लिस्क, नारायण जोशी, दिलिप नाथ, विपिन खत्री, आन्द्रेस गौस(विकेटकिपर), रेमन रिफर, आकर्षित गोमिल
बिहीवार जनकपुर बोल्ट्ससँग खेलेको काठमाडौंको टोलीमा २ परिवर्तन भएको छ । डान डाउथवेट र सुमित महर्जन बेन्चमा रहँदा राजु रिजाल र नाथन स्वटर मौका पाएका छन् ।
काठमाडौं गुर्खाजको प्लेइङ–११
करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, दीपेश कंडेल, रसिद खान, राजु रिजाल, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी, नाथन स्वटर
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]
March 4, 2025
सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा नै पराजित भएको छ । पुलिसलाई आज रुपन्देहिको फर्साटिकर क्लबले २-० पराजित गरेको हो । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन फर्साटिकार विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ। सैनामैना नगरपालिका-४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा भएको खेलमा फर्साटिकरका लागि दुवै […]