4 months ago
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टिप टप हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-१ ले हराएपछि सेमिफाइनल पुगिसकेको इरान यु-१८ टोली तालिकाको शीर्षस्थानमा रहेको छ।
एक खेल अगाडि नै इरान यु १८ र हेल्प नेपाल सेमिफाइनलमा पुगिसकेका थिए । यसअघि लगातार तीन खेल जितेको हेल्प नेपालले दोस्रो रोजाईका खेलाडीलाई मौका दिएको थियो। पहिलो सेटमा केहि प्रतिस्पर्धात्मक रह्यो । खेल एक समय १९-१९ को बराबरीमा पुगेको थियो। तर हेल्प नेपालले यो सेट २५-२३ ले जित्यो।
त्यसपछि हेल्प नेपालको प्रदर्शन कमजोर बन्यो। दोस्रो सेटमा इरानको यु-१८ टिमले १८-११ को अग्रता बनायो। नेपाललाई मात्र १६ अंकमा रोक्दै हेल्प नेपालले दोस्रो सेट २५-१६ ले जित्यो। खेल १-१ को बराबरीमा पुग्यो।
यसपछि तेस्रो सेटमा पनि हेल्प नेपाल विरूद्ध इरानले २५-१७ ले बजाी मार्यो। चौथो सेटमा नेपालले झनै खराब प्रदर्शन गर्यो। यो सेटमा नेपालले मात्र ९ अंक बनायो। इरानले २५-९ ले चौथो सेट जित्दै ३-१ को जित हात पार्यो।
लगातार चौंथो खेल जितेर इरान यु १७ ले १० अंक जोड्यो । टोलीले अब भारतको क्यालिकटसँग प्रतिस्पर्धा गर्नेछ । ८ अंक बनाएको हेल्प नेपाल दोस्रोमा रह्यो । हुँदै उसले माल्दिभ्सको क्लब एचडिसी वा नेपालको गण्डकी मध्ये एकसँग सेमिफाइनल खेल्नेछ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]