default_image

4 months ago

December 12, 2024

शीर्षस्थानका लागि हेल्प नेपाल र इरान यु १८ भिड्दै

2345 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा आज लिग चरणका अन्तिम दुई खेल हुनेछ।

पहिलो खेलमा शीर्षस्थानको लागि घरेलु टोली टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र इरान यु-१८ टोलीबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को‌ कर्भड हलमा खेल दिउँसो १ बजे सुरु हुनेछ।

लिगको सबैभन्दा रोमाञ्चक खेलको रूपमा यो खेललाई हेरिएको छ। किनकी दुवै टोली अपराजित रहेका छन। दुवै टिमले यसअघि लगातार तीन जित सहित एक खेल अगाडि नै सेमिफाइनलमा स्थान सुरक्षित समेत गरिसकेका छन्।

आजको खेलले लिग चरणको विजेताको टुङ्गो लाग्नेछ। अंक तालिकामा भने टिपटप ८ अंकका साथ शीर्षस्थानमा रहेको छ। इरान यु-१८ टोली ७ अंक सहित दोस्रो स्थानमा रहेको छ।

आज हुने लिग चरणकै अन्तिम खेलमा भने भारतको क्यालीकट र नेपालको गण्डकी प्रदेश भलिबल संघबीच प्रतिस्पर्धा हुनेछ। लिग चरणमा दुई खेल हारेपनि क्यालिकटले पनि एक खेल अगाडि नै सेमिफाइनलमा स्थान भने बनाइसकेको छ।

क्यालिकट पहिलो खेलमा टिपटप हेल्प नेपालसँग हारेको थियो। दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई सोझो सेटमा हराउँदा इरानसँग सोझो सेटमा पराजित भएको थियो। उसले ३ खेलबाट मात्र ४ अंक बनाएको छ।

गण्डकीलाई भने सेमिफाइनल संभावनाको लागि सोझो सेटको जितको विकल्प छैन। सोझो सेटको जितले मात्र उसले सेमिफाइनलको यात्रा तय गर्नेछ। त्यसैले यो खेलमा गण्डकी दबाबमा रहनेछ। यो खेल साँझ ३ बजे हुनेछ।

आजको दुई खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ। लिगको शीर्षस्थानमा रहने टिमले तेस्रो स्थानमा रहने टिमसँग सेमिफाइनल खेल्नेछ। यस्तै अर्को सेमिफाइनलमा दोस्रो हुने टिमको सामना चौथो स्थानमा रहेको टिमले गर्नेछ।

दुवै सेमिफाइनल शुक्रवार हुनेछन्। प्रतियोगिताको हाम्रो खेलकुद र कान्तिपुर म्याक्स एचडीले प्रत्यक्ष प्रसारण गर्नेछ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

Success

Thank you for your time.