2 months ago
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टिपटप हेल्प नेपाल लगातारको तेस्रो खेलमा जितमा निकालेपछि एक खेल अगाडि नै काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधवार भएको खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३-१ ले हराउँदै लगातारको तेस्रो जित दर्ज गरेको हो।
लिग चरणको अन्तिम खेल खेलिरहेको एचडिसीलाई सेमिफाइनलमा प्रवेशका लागि क्लब एचडिसीलाई जित्नै पर्ने दबाब थियो। पहिलो सेट प्रतिस्पर्धात्मक बनेपनि घरेलु टोली हेल्प नेपालले पहिलो सेट २५-२२ ले जित्यो। दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो।
जहाँ हेल्प नेपालले यो सेट भने २४-२६ ले गुमायो। खेल १-१को बराबरीमा पुग्यो। यसपछि तेस्रो सेटमा उत्कृष्ट कमब्याक गर्दै हेल्प नेपालले सहजै तेस्रो सेट २५-१९ ले जित्दै खेलमा २-१ एकको अग्रता बनायो। यसपछि चौथो सेट पनि सहजै २५-२१ ले माथ दिंदै तीन एकको जित आफ्नो पक्षमा हात पार्यो।
लगातारको तेस्रो जितमा ८ अंक बनाएको हेल्प नेपाल अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ। हेल्प नेपालले यसअघि पहिलो खेलमा भारतको क्यालिकटलाई ३-२ ले र दोस्रो खेलमा नेपालकै गण्डकी प्रदेश भलिबल संघलाई सोझो सेटमा हराएको थियो।
एचडिसीको भने यो तेस्रो हार हो। गण्डकी प्रदेश भलिबल संघलाई ३-२ ले पराजित गर्दै जितबाट सुरूवात गरेको एचडिसीले यसपछि इरानको यु-१८ र भारतको क्यालिकटसँग लगातार दुई खेलमा पराजित भएको थियो।
अब भोलि लिग चरणको अन्तिम दुई खेल हुनेछन्। यसपछि चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्।
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्। नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ । नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु […]