4 months ago
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ को सेटमा हराउँदै इरानको यु-१८ टोलीले लगातार दोस्रो जित हात पारेको छ।
लगातार तेस्रो हारमा गण्डकीको सेमिफाइनलमा पुग्ने संभावना कमजोर बनेको छ। गण्डकीले सुरुवाती दुई सेटको अग्रता जोगाउन नसक्दा हार बेहोर्न परेको हो।
जित निकाल्ने दबाबमा रहेको गण्डकीले इरानको यु-१८ टोलीविरूद्ध उत्कृष्ट सुरुवात गर्यो। पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। एक समय नेपालले २०-१७ को अग्रता बनाएपनि इरानले खेललाई २३-२३ को बराबरीमा पुर्यायो।
तर घरेलु टोली गण्डकीले २८-२६ ले पहिलो सेट जित्यो। यो सेटमा इरानको युवा टोलीले नेगेटिभ अंक धेरै दिंदा पनि गण्डकीलाई केहि सहज भएको थियो।
१-० को अग्रता बनाएको गण्डकीले १४-११ को अग्रता बनाएको थियो। तर यो सेटको अन्त्यतिर इरान खेलमा फर्कने कोशिशमा थियो। खेललाई २१-२१ को बराबरी सम्म पुर्याए पनि यो सेट पनि जित्न सकेन। २५-२३ ले गण्डकी दोस्रो सेट पनि जित्न सफल रहयो।
दुई सेट गुमाएको इरानको यु-१८ टिमलाई गण्डकीले तेस्रो सरटमा भने रोक्न सकेन। गण्डकीले तेस्रो सेट २१-२५ ले गुमायो। यो सँगै खेल दुई एकको स्थितिमा पुग्यो। चौथो सेटको सुरुवातमा ९-७ को अग्रता बनाएको थियो। यो झिनो अग्रता धेरै बेर टिकेन।
गण्डकी १४-१६ ले नै पछि पर्यो। यसपछि १६-१६ को बराबरीमा पुगेको थियो। तर अन्त्यमा इरानले गण्डकीलाई रोक्यो। २५-२२ ले इरानले यो सेट जिते सँगै खेल दुई-दुईको बराबरीमा पुग्यो।
यसपछि खेलको निर्णय पाँचौं सेटबाट भयो। पाँचौ सेटको पहिलो हाफ प्रतिस्पर्धात्मक नै बन्यो। गण्डकी विरूद्ध इरानले ८-७ को अग्रता बनायो। मात्र एक अंकले पछि रहेको अवस्थामा गण्डकीले लगातार दुई अंक गुमायो।
इरान १०-७ को अग्रता बानउन सफल रहयो। यसपछि गण्डकी दबाबमा पर्यो। गण्डकीले खेललाई १३-१४ सम्म पुर्याएपनि इरानको युवा टिमले १५- १३ ले जित्दै गण्डकीलाई ३-२ ले माथ दियो।
जारी च्याम्पियनसिपमा गण्डकीको यो लगातार तेस्रो हार हो। पहिलो खेलमा क्लब एचडिसीसँग हारेको गण्डकी दोस्रो खेलमा हेल्प नेपालसँग पराजित भएको थियो। लगातारको तेस्रो हारमा गण्डकीको सेमिफाइनलमा पुग्ने संभावना कमजोर बनेको छ।
क्लब एचडिसीको भने यो लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई ३-२ को सेटमा हराएको थियो। लगातारको दोस्रो जितमा इरानको यु-१८ टिमले ४ अंक बनाएको छ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]