3 months ago
December 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको दोस्रो दिन आज लिग चरणका दुई खेल हुनेछन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज पहिलो खेल टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबीचमा हुनेछ। घरेलु दुई टोलीबीचको खेल रोमान्चक हुने अपेक्षा गरिएको छ। खेल दिउँसो २:३० बजे सुरु हुनेछ।
आठौं प्रधानमन्त्री कप एनभिए लिगको विजेताका रुपमा हेल्प नेपाल र उपविजेताका रुपमा गण्डकीले च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।
हेल्प नेपाल लगातार दोस्रो जित हात पार्ने दाउमा रहनेछ।
शनिवार उदघाटन खेलमा हेल्प नेपालले दाबेदार भारतको क्यालिकट हिरोजलाई ३-२ को सेटमा हराएको थियो। गण्डकी भने पहिलो जितको खोजीमा हुनेछ। हिजो माल्दिभ्सको क्लब एचडिसी विरूद्ध राम्रो सुरूवात गरेपनि पछिल्ला ३ सेट लगातार गुमाउँदा गण्डकी पराजित हुन पुगेको थियो।
दिनको दोस्रो खेलमा एक खेल जितिसकेको माल्दिभ्सको क्लब एचडिसीले इरानको यु-१८ सँग प्रतिस्पर्धा गर्नेछ।खेल साँझ ५ बजे सुरु हुनेछ।
क्लब एचडिसीले हिजो पहिलो खेलमा उत्कृष्ट कमब्याक गर्दै नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ ले हराउँदै विजयी सुरूवात गरिसकेको छ। इरानी टोलीको यो पहिलो खेल हो।
च्याम्पियनसिपमा नेपाल सहित ४ राष्ट्रका ५ क्लबको सहभागिता रहेको छ। सिगंल राउन्ड रोबिन लिगमा १० खेल सहित च्याम्पियनसिपमा कुल १४ खेल हुनेछन्। लिगका शीर्ष ४ टोलीले सेमिफाइनल खेल्ने छन् ।
जहाँ लिगको शीर्षले तेस्रो तथा दोस्रोले चौथो टोलीको सामना गर्नेछ । फाइनल मंसिर २९ गते हुनेछ।च्याम्पियनसिपको हाम्रो खेलकुदको युट्युब र कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रसारण भइरहेको छ।
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्। नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ । नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु […]