8 years ago
February 17, 2017
पाथिभारा (हाम्रो खेलकुद)– दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच दोस्रो पाथिभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताका लागि शनिबार प्रतिस्पर्धा हुने भएको छ ।
फोटो–आर्मी सेतो पोशाक र एपीएफबीचको खेल ।
राउण्ड रबिनको पद्धतीबाट संचालन गरिएको प्रतियोगिताको समिकरणले आर्मी र पुलिस बीचको लिग खेल फाइनल सरह बन्न पुगेको छ । अपराजित रहेका दुवै टोलीले ३ खेलमा समान ९ अंक जोडेका छन् । शुक्रबार भएको पहिलो खेलमा आर्मीले अर्को विभागिय टोली एपिएफ क्लबलाई २६–२४, २५–१९ र २५–१७ ले हराएको थियो ।
आर्मीका लागि पहिलो सेट निकै चुनौतीपूर्ण बन्यो । निकै उतार–चढाव रहेको पहिलो सेटको सुरुवातमा आर्मीले १२–८ को अग्रता लिएको थियो । क्वीक स्पाईकर महेन्द्र श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा खेलमा फर्किएको एपीएफले अगातार ८ अंक ल्याउदै १६–१२ को अग्रता लियो । ओपन स्पाइकरद्वय मानवहादुर श्रेष्ठ र धनवाहादुर भट्टको उत्कृष्ट प्रदर्शनमा लगातार ६ अंक जोड्दै आर्मीले १८–१६ को अग्रता लियो ।
पहिलो सेट प्वाइन्टमा पुगेको आर्मीले लगत्तै अर्को अंक जोड्न नसक्दा खेल २४–२४ को अवस्थामा पुग्यो । त्यस पश्चात लगातार २ अंक जोडेको आर्मीले २६–२४ को स्कोरमा पहिलो सेट आफ्नो नाम पार्यो । त्यसपछिका दुवै सेट लगातार जित्दै आर्मीले सफलता हात पार्यो ।
ताप्लेजुङ नगरपालिका स्थित भानु जन माबीको कोर्टमा भएको चौथो दिनको अन्तिम खेलमा अर्को बिभागिय टोली पुलिसले मध्यामञ्चललाई २५–९,२५–१६ र २५–१३ सेटले हराएको थियो । प्रतियोगितामा शनिबार हुने एपीएफ र पूर्वाञ्चलको नतिजाले प्रतियोगिताको तेस्रो टोलीको टुंगो लाग्नेछ । ३ खेलमा एपिएफको ३ तथा पूर्वाञ्चलको २ अंक छ । मध्यमाञ्चलले सबै चार खेल गुमाउँदै १ अंकमात्र जोड्यो ।
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]