default_image

3 months ago

December 4, 2024

काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक

680 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सुरु हुने काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रममाझ ट्रफी सार्वजनिक गरे ।

शनिबार सुरु हुने च्याम्पियनसिपमा नेपाल सहित चार राष्ट्रको पाँच क्लबले ट्रफीको लागि दाबेदारी प्रस्तुत गर्नेछन् । नेपालबाट टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गर्दैछन् । हेल्प नेपाल आठौ प्रधानमन्त्री कपमा विजेता बन्दै र गण्डकी प्रदेश उपविजेताको हैसियतले यो च्याम्पियनसिपमा छनोट भएका हुन ।

यसैगरी भारतको क्यालीकट हिरोज, इरानको चाडोरमालु र माल्दिभ्सको क्लब एचडिसीको सहभागीता रहनेछ। च्याम्पियनसिप मंसिर २२ गतेदेखि सुरू हुँदैछ । फाइनल खेल २९ गते हुनेछ ।

कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले सिमित बजेट र श्रोत साधनका बाबजुद नेपाल भलिबल संघले निरन्तर रूपमा अन्तराष्ट्रिय प्रतियोगितामा आयोजना गर्दै सराहनीय कार्य गरेको बताए । उनले नेपाली खेलकुदमा सबैभन्दा बढी प्रतियोगिता गर्ने संघ भएको पनि जिकिर गर्दै संघले उत्कृष्ट काम गरेको भन्दै खुलेर प्रशंसा गरे ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले अहिले क्रिकेटमा सय करोड सम्मको लगानीले व्यवसाय नै बनेको खबर पढ्ने गरेको भन्दै अहिले नै क्रिकेट र फुटबलसँग भलिबललाई तुलना गर्न नसक्ने बताए । तर भलिबलले पनि प्रगति गरिरहेको र यो च्याम्पियनसिपको बजेट एक करोडको रहेको जानकारी गराए ।

उनले एफआईभी विश्व च्याम्पियनसिप आयोजना गर्न सके भलिबलेले पनि करोडौंको व्यापार गर्न सक्ने बताए । २४ देश सम्मिलित वल्ड च्याम्पियनसिप गर्न सके एफआईभीले पनि नेपाललाई आर्थिक सहयोग गर्ने पनि जिकिर गरे ।

च्याम्पियनसिपको सम्पुर्ण खेल हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रशारण गर्नेछ।

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो। विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेट सट […]

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

Success

Thank you for your time.