default_image

5 months ago

December 3, 2024

बक्सिङ खेलाडी सम्मानित

681 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको राजधानी ढाकामा गत शनिबार सम्पन्न जेन जी फाईट नाईट साउथ एसियन बक्सिङ च्यापियनसिपमा नेपालबाट सहभागि खेलाडीलाई सम्मान गरिएको छ ।

ललितपुरमा एक कार्यक्रममाझ नेपाल प्रोफेशनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्ट प्रालि ले सयुक्त रुपमा खेलाडीहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा ६१ केजी तौल समुहमा विजयी भएका अनिल कुमार पुन मगर, ५९ केजी तौल समुहमा सहभागी पुरन राई, ६३ केजी तौल समुहमा सहभागी महेन्द्र बहादुर चन्द सहित प्रशिक्षक प्रेम पाउजुलाई नगद सहित कदरपत्र प्रदान गरिएको थियो ।

सोहि अवसरमा वल्ड बक्सिङ काउन्सिलबाट रिङ अफिसियल कोर्ष सम्पन्न गरी पहिलो प्रोफेशनल रेफ्रिजज बन्न सफल भएका राजन प्रजापतिलाई पनि सम्मान गरिएको थियो । प्रजापतिले बंगलादेशमा सम्पन्न उक्त जेन जी साउथ एसियन बक्सिङ च्यापियनसिपमा पनि रेफ्रिको भूमिका निभाएका थिए ।

बक्सिङका वरिष्ठ प्रशिक्षकहरु, खेलाडीहरु सहित करिब ४० जनाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सिल्क ट्रान्सपोर्टकका प्रमुख कार्यकारी अधिकृत रमेश शेर्पाले व्यावसायिक बक्सिङ, खेलाडी र समग्र खेलकुदको विकासका निम्ति विभिन्न तवरले सहयोग गर्दै आएको जानकारी दिए । उनले आगामी दिनमा पनि नेपाल प्रोफेशनल बक्सिङ कमिसन संग सहकार्य गर्दै प्रतिवद्धता व्यक्त गरे ।

May 3, 2025

गुजरातले हैदराबादलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]

May 2, 2025

राष्ट्रिय महिला हक्की – गण्डकीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]

May 2, 2025

इरानी टोली सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको‌ टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]

Success

Thank you for your time.