3 months ago
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा नेपालका २ सहित ५ टोलीको सहभागिता रहने निश्चित भएको छ।
नेपाल भलिबल संघले शुक्रवार पत्रकार सम्मेलन गर्दै नेपालका २, भारत, माल्दिभ्स र इरानको क्लबले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मंसिर २२ देखि २९ गते सम्म हुने च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ।
आठौं प्रधानमन्त्री कप एनभिए लिगको विजेता टिप टप हेल्प नेपाल स्पोर्टस क्लब, उपविजेता गण्डकी प्रदेश, भारतको क्यालिकट, माल्दिभ्सका एचडिसी क्लब र इरानको चादौरा मालोे क्लबले च्याम्पियनसिपमा भाग लिनेछन्।
च्याम्पियन्सिपमा सिंगल राउन्ड रोविन लिग, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरि १४ खेल हुनेछ।
काभाको यो वर्ष भलिबल संघले आयोजना गर्ने यो दोस्रो प्रतियोगिता हो ।
यसअघि साउनमा काभा महिला भलिबल नेसन्स लिग काठमाडौंमा भएको थियो। त्यसको उपाधि भारतले जितेको थियो भने नेपाल दोस्रो भएको थियो।
भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले अर्को वर्ष एफआइभिबीको सहयोग काभा पुरुष भलिबल नेसन्स लिग टुडिखेलमा आयोजना हुने सम्भावना रहेको बताए । त्यो च्याम्पियनसिप आयोजना भएको खण्डमा नेपालले भौतिक पूर्वाधारमा एभआइभिबीबाट आर्थिक सहयोग आउने सम्भावना रहेको चन्दले जानकारी दिए ।
प्रतियोगिताका लागि झन्डै १ करोड रुपैयाँ खर्च हुने संघको अनुमान छ । त्यसमा राखेपले २५ लाख रुपैयाँ अनुदान दिने बताइएको छ।
संघका सल्लाहकार रेशम गुरुङले १ लाख ५१ हजार, निवर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्मा र संघकी सदस्य ज्योती केसी, टिपटप न्यु डायमण्ड स्पोर्टस क्लबले समान १ लाख रुपैयाँ दिने भएका छन्।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]
February 22, 2025
एजेन्सी – अस्ट्रेलियाले इङ्ल्याण्ड विरुद्धको च्याम्पियन्स ट्रफीमा टस जितेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा टस जितेर अस्ट्रेलियाले इङ्ल्याण्डलाई पहिला ब्याटिङको लागि आमन्त्रण गरेको छ। यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ । अस्ट्रेलिया सन् २००६ को पाँचौ […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]