3 months ago
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्ट र टिप टप हेल्प नेपाल स्पोर्टस क्लबका प्रशिक्षक उत्सव खड्काले एफइभिबी कोचेज कोर्स लेभल ३ पूरा गरेका छन्।
भट्ट र खड्काले थाइल्याण्डको बैंककमा मंसिर ३ देखि १० गतेसम्म भएको कोर्समा भाग लिएका थिए। यो कोर्समा पहिलो पटक नेपाली प्रशिक्षकले भाग लिएका हुन्।
भट्ट नेपालको सर्वाधिक सफल प्रशिक्षक हुन् । उनको नेतृत्वमा नेपालले काभा सेन्ट्रल जोनमा नेपाली महिला टोली च्याम्पियन बनेको थियो। उनकै प्रशिक्षणमा महिला टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा र साउनमा काभा नेसन्स लिगमा रजत पदक जितेको थियो।
खड्का घरेलु भलिबलका सफल प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिगलगायत थुप्रै उपाधि जितेको छ। एभरेष्ट महिला भलिबल लिग इडब्लुभिएलमा खड्काले सम्हालेको टोली ललितपुर क्विन्सले फाइनल खेलेको थियो।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]
February 22, 2025
एजेन्सी – अस्ट्रेलियाले इङ्ल्याण्ड विरुद्धको च्याम्पियन्स ट्रफीमा टस जितेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा टस जितेर अस्ट्रेलियाले इङ्ल्याण्डलाई पहिला ब्याटिङको लागि आमन्त्रण गरेको छ। यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ । अस्ट्रेलिया सन् २००६ को पाँचौ […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]