3 months ago
November 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली त्रिभुवन आर्मी क्लबका अपोजिट स्पाइकर धनबहादुर भट्टले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ खेल्ने भएका छन् ।
यसै महिना नेपालमा हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको लागि हेल्प नेपालले धनबहादुरलाई टोलीमा भित्र्याएको आफ्नो सामजिक सन्जालमार्फत आइतवार जानकारी दिएको छ । हेल्प नेपालले शनिवार मात्र अर्को विभागिय टोली नेपाल पुलिस क्लबका रविन चन्द ठकुरीलाई टोलीमा भित्र्याएको थियो ।
हेल्प नेपाल आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो । विजेता हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियनसिप खेल्दै छन् ।
हेल्प नेपालले टोप बहादुर थापा ‘दीपक’ लाई कप्तानीमा तथा उत्सव खड्कालाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ । यस्तै क्लब उप कप्तान सन्जु विक्रम शाह, मिडल ब्लकर सुरेन्द्र बम ठकुरी र सेटरमा सुवास कुँवरलाई पनि निरन्तरता दिएको छ । यस्तै टोलीमा तीन पाकिस्तानी खेलाडी हुनेछन् ।
काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघको आयोजनामा हुने काभा पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २२ देखि २९ मंसिरसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।
हेल्प नेपालले सह–प्रायोजकमा यार्सागुम्बा एभरेष्ट हर्ब्स प्रोसेसिंङ प्रालिसँग तथा हस्पिालिटी पार्टनरमा प्लाजा होटेल ग्रुपसँग सम्झौता गरिसकेको छ ।
क्लब च्याम्पियनसिपमा सेन्ट्रल एसियाका विभिन्न राष्ट्रका च्याम्पियन टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट भने आयोजक राष्ट्र भएका कारण दुई क्लबले सहभागिता जनाउने पक्का भएको हो ।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]
February 22, 2025
एजेन्सी – अस्ट्रेलियाले इङ्ल्याण्ड विरुद्धको च्याम्पियन्स ट्रफीमा टस जितेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा टस जितेर अस्ट्रेलियाले इङ्ल्याण्डलाई पहिला ब्याटिङको लागि आमन्त्रण गरेको छ। यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ । अस्ट्रेलिया सन् २००६ को पाँचौ […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]