4 months ago
November 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कपको तयारीमा रहेको नेपाल यू-१९ टोलीले कर्नाटक यू१९ विरुद्धको पहिलो अभ्यास खेलमा पराजित भएको छ ।
मुलपानी क्रिकेट मैदानमा कर्नाटकले नेपाली टोलीलाई १ विकेटले पराजित गरेको हो । जितका लागि १ सय १४ रनको लक्ष्य कर्नाटकले ९ विकेट गुमाउँदै ३२ औं ओभरमा पूरा गर्यो ।
सामान्य लक्ष्य पछ्याउने क्रममा सुरुवाती २ बलमै २ विकेट गुमाएको कर्नाटक एक समय २४-४ को स्थितिमा थियो । तर त्यसपछि नेपाली बलरले विकेट निकाल्न सकेनन् ।
कर्नाटकका लागि रोहितले ६३ बलमा ३३ रन जोडे । जितका लागि २ रन बाँकी रहँदा युनिशको बलमा बोल्ड भएका उनले २ चौका प्रहार गरे । प्रज्वल गोडाले २३ बलमा २ चौकासहित २८ रन बनाए । पाँचौ विकेटका लागि रोहित र प्रज्वलले ५० रनको साझेदारी गरेका थिए ।
१ सय १२ रन पुग्दा लगातार ४ विकेट गुमाएपछि कर्नाटक केही दबाबमा परेको थियो । ११२-५ को स्थितिबाट टोली ११२-९ मा पुग्दा केही दबाब थियो तर प्रणवले २ रन जोड्दै जित दिलाए ।
नेपालका लागि हेमन्त धामीले र सन्तोष यादवले ३-३ विकेट लिँदा युनिश ठकुरीले २ तथा विपिन महतो १ विकेट लिए ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २७.२ ओभरमा अलआउट हुँदै १ सय १३ रनमात्र जोड्न सक्यो । मध्यक्रमले बिर्सनलायक ब्याटिङ गरेपछि नेपाल कम स्कोरमा समेटियो । कर्नाटकका स्पिनर इसा पुथिगेले ५ विकेट लिँदै कर्नाटकलाई बलियो बनाएका थिए ।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक २७ रन जोडे । उनले ५३ बलमा ४ चौका प्रहार गरेका थिए । १४ औं ओभरमा आकाश आउट हुँदा नेपाल ५७-३ को अवस्थामा थियो । तर त्यसपछि स्पिनरविरुद्ध निरन्तर विकेट खस्दा नेपाल संकटमा पर्यो ।
ओपनर अर्जुन कुमाल ६ रन जोड्दै पाँचौ ओभरमा आउट भएका थिए भने नरेन भट्ट १ रन जोड्दै सातौं ओभरमा पेभेलियन फर्किए । आकाश र सन्तोषले २८ रनको साझेदारी गर्दै केहीबेर इनिङ सम्हाले ।
१६ औं ओभरको अन्तिम २ बलमा सन्तोष यादव (१०) र रोशन विक (०) लगातार बलमा आउट भए । लगत्तै १७ औं ओभरको दोस्रो बलमा उत्तम मगर पनि खाता नखोली फर्किए ।
दिलसाद अली १ रन जोड्दै आउट भएपछि नेपाल ८१-७ को अवस्थामा पुगेको थियो । तल्लोक्रममा नरेन साउदले १३ रन र युनिश ठकुरीले १२ रन जोड्दै नेपाललाई १ सय रनको आँकडा पार गराए ।
कर्नाटकका पुथिगेले ८ ओभरमा २ मेडनसहित ३१ रन खर्चेर ५ विकेट लिए । तेजसले २ विकेट लिँदा मनोज, प्रणव र ध्रुवले १-१ विकेट लिए ।
५ खेलको सिरिजको सबै खेल मुलपानी क्रिकेट मैदानमा आयोजना हुँदैछ । दोस्रो खेल शुक्रबार हुनेछ भने हरेक खेलपछि एक दिन विश्राम रहेको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]