5 months ago
November 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार स्पाइकर सरस्वती चौधरी अष्ट्रेलिया आइपुगेकी छिन् ।
नेपाली समुदायबीच हुने भलिबल प्रतियोगितामा सहभागिता जनाउन सरस्वती आइतबार अस्ट्रेलियाको सिड्नी आइपुगेकी हुन् । उनले डिसेम्बरमा आयोजना हुने पुरुष तथा महिला भलिबल प्रतियोगितामा म्याग्दी काली युनाइटेडबाट खेल्नेछिन् । एपिएफबाट छुट्टि लिएर अष्ट्रेलिया पुगेकी उनी अर्को महिना नेपाल फर्कने कार्यक्रम रहेको एपिएफ क्लबले जानकारी दिएको छ ।
६ फिट उचाइ भएकी सरस्वती नेपाली महिला राष्ट्रिय टोली तथा विभागीय नेपाल एपिएफ क्लबकी भरपर्दो स्पाइकर हुन् । नेपाली महिला भलिबल टोली र एपिएफले प्राप्त गरेको सफलतामा उनको प्रदर्शन उच्च छ ।
सन् २०१३ मा नेपालमै भएको माल्दिभ्ससँगको दुई मैत्रीपुर्ण खेलबाट उनले राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । त्यसयता चोटबाहेक उनी राष्ट्रिय टोलीमा नियमित रहँदै आएकी छिन् । उनले नेपालबाट अफिसियल र अन अफिसियल गरी १३ प्रतियोगिता खेलिसकेकी छिन् ।
नेपालले १२औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जित्दा र १३औं सागमा ऐतिहासिक रजत पदक र सेन्ट्रल जोनमा दुईपटक स्वर्ण जित्दा उनी टोलीकी महत्त्वपूर्ण सदस्य थिइन् । यस्तै गत अगस्टमा नेपालमै भएको काभा महिला भलिबल लिगमा दोस्रो हुँदा उनी टोलीमा मुख्य भूमिकामा थिइन् । उनी उक्त लिगमा बेस्ट अपोजिट हिटर घोषित भएकी थिइन् ।
यस्तै गत सेप्टेम्वरमा माल्दिभ्समा भएको काभा महिला क्लब च्याम्पियनसिपमा विभागीय नेपाल पुलिस क्लबले उपाधि जित्दा उनी टोलीको महत्वपुर्ण सदस्य थिइन् । एपीएफबाट उनी लोनमा त्यहाँ पुगेकी थिइन् ।
धनगढीकी सरस्वतीले पोखराको फिस्टेल एकेडेमीबाट भलिबलको सुरुवात गरेकी थिइन् । फिस्टेल एकेडेमीपछि उनी वि.स. २०७० मा विभागय नेपाल पुलिस क्लबमा आबद्ध भएकी थिइन् । त्यसयता एपिएफले वर्षमा दर्जन बढी उपाधि जित्दा उनी सर्वाेत्कृष्टसँगै विभिन्न विधामा उत्कृष्ट भइरहिन् ।
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)-अहमद हिजाजीले ह्याट्रिकमा धनगढी एफसी दोस्रो जित दर्ज गर्दै एनसेल एनएसएलको शीर्षस्थानमा उक्लन सफल भएको छ। सानदार कमब्याकमा धनगढीले काठमाडौं रेजर्सलाई ३-१ ले माथ दियो। अपराजित धनगढीले ललितपुरले जतिकै ८ अंक जोडे पनि हेड-टु-हेडको आधारमा शीर्षस्थानमा रहन सफल भएको हो। एक गोलले पछि परेको धनगढीको कमब्याकमा हिजाजी नायक बन्दै धनगढीलाई जित दिलाए। कमजोर […]
April 11, 2025
विराटनगर (हाम्रो खेलकुद)- भारत पटनाको हाइपर क्रिकेट क्लब र विराटनगरको वाइआरसिसी क्रिकेट क्लब शुक्रवार चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिताका फाइनलमा पुगेका छन्। मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजनामा विराटनगरको जुट मिलको खेल मैदानमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा खेलमा पटनाले विराटनगरको होराइजन क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा धनगढी एफसी र काठमाडौं रेजर्सबीचको खेल जारी छ। पहिलो हाफको समाप्तीमा धनगढी एफसीले उत्कृष्ट कमब्याक गर्दै पहिलो हाफमा ३-१ को अग्रता बनाएको छ। धनगढीको लागि अहमद हिजाजीले ह्याट्रिक गरे। दशरथ रङ्गशालामा भएको खेलको २२ औं मिनेटमा नै काठमाडौंले अग्रता कायम गर्यो। मोहम्मद बुया टोरेको पासमा अमाडाउमा डियोपले बक्स भित्रबाट उत्कृष्ट […]