4 months ago
November 5, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) २०२५ का लागि नेपाली खेलाडीले रजिस्ट्रेसन गरेका छैनन् ।
आइपिएलले मंगलवार जारी गरेको रजिस्ट्रेसन खेलाडीको सुचीमा नेपाली खेलाडीको सहभागिता छैन । सुचीमा एसोसिएट राष्ट्रका ३० खेलाडीको नाम समावेश छैन ।
सोमवारसम्म खुला भएको खेलाडी रजिस्ट्रेसनमा कुल १ हजार ५ सय ७४ खेलाडीले आफुलाई सुचीकृत गरेका हुन् । जसमा सबैभन्दा धेरै भारतबाट १ हजार १ सय ६५ तथा विदेशी खेलाडीमा ४ सय ९ खेलाडीले आफ्नो नाम दर्ता गरेका छन् ।
एसोसिएटतर्फ नेदरल्यान्ड्सका सर्वाधिक १२, अमेरिकाका १०, क्यानडाका ४, स्कटल्याण्डका २ तथा युएई र क्यानडाका समान १ खेलाडीले आफ्नो नाम दर्ता गरेका छन् ।
आइपिएल २०२५ का लागि मेगा अक्सन आगामी मंसिर ९ र १० गते साउदी अरेबियामा हुँदैछ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]